बिहीबार, आश्विन ८,२०८३ 06:50:12
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 06:50:12
Bizshala
Global IME Bank Limited

राष्ट्रसंघमा बालेनको एउटामात्र कूटनीतिक भेट, भाषणमा जलवायु संकट र युद्धको असर उठाउने तयारी

Bizshala
राष्ट्रसंघमा बालेनको एउटामात्र कूटनीतिक भेट, भाषणमा जलवायु संकट र युद्धको असर उठाउने तयारी
New Office

 

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग मात्रै प्रत्यक्ष कूटनीतिक भेट गर्ने भएका छन्।

प्रधानमन्त्री कार्यालयनिकट स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले जनाएअनुसार भारत र चीनका नेतासँग साइडलाइन भेट हुने सम्भावना रहे पनि त्यस्तो कार्यक्रम तय गरिएको छैन। बाँकी द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने बताइएको छ।

प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच नेपाली समयअनुसार बिहीबार राति भेट हुने तयारी छ। उक्त भेटमा हालैको भोटेकोशी विपद्, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति तथा जलवायु न्यायका विषयमा छलफल हुने जनाइएको छ।

महासभामा १५ मिनेट सम्बोधन

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभालाई करिब १५ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ।

उनको सम्बोधनमा जलवायु संकट, नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशले भोग्नुपरेको विपद्, युद्धका कारण विकासशील तथा गरिब मुलुकमा पर्ने अप्रत्यक्ष आर्थिक असर र विश्व शान्तिको आवश्यकता प्रमुख विषय बन्ने स्रोतको भनाइ छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भाषणको मस्यौदामा विश्वका ठूला शक्तिबीच हुने युद्ध र त्यसले नेपालजस्ता देशमा इन्धन, खाद्यान्न तथा अन्य वस्तुको मूल्यमा पार्ने असरसमेत समेटिएको छ।

अनलाइनखबरले प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकाको विदेश नीतिप्रति आलोचनात्मक संकेत दिन सक्ने सम्भावना औँल्याएको छ। तर भाषणको अन्तिम मस्यौदा परिस्थिति र कूटनीतिक वातावरणअनुसार परिवर्तन हुन सक्ने पनि स्रोतले जनाएको छ। त्यसैले ‘अमेरिकालक्षित भाषण’ हुने विषयलाई अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरिएको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

युद्ध र जलवायु संकट जोड्ने तयारी

प्रधानमन्त्री शाहले युद्ध र जलवायु संकट दुवैको मूल्य विकासशील मुलुकले समेत चुकाउनुपरेको सन्देश दिन खोजेको स्रोतको भनाइ छ।

भाषणमा ठूला अर्थतन्त्रले युद्धमा ठूलो रकम खर्च गर्ने तर त्यसको आर्थिक प्रभाव नेपालजस्ता मुलुकमा इन्धन तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका रूपमा देखिने विषय उठ्न सक्ने बताइएको छ।

प्रधानमन्त्रीले केही अंश नेपाली र बाँकी अंग्रेजी भाषामा सम्बोधन गर्न सक्ने तयारीसमेत रहेको समाचारमा उल्लेख छ।

औपचारिक कार्यक्रममा कम सहभागिता

प्रधानमन्त्री शाहले महासभाका क्रममा डिनर वा अन्य धेरै औपचारिक कार्यक्रममा सहभागी नहुने र निर्धारित सम्बोधन तथा महासचिवसँगको भेटपछि छिट्टै काठमाडौं फर्किने तयारी गरेको स्रोतले जनाएको छ।

परराष्ट्रमन्त्री खनालले भने बाँकी कूटनीतिक तथा औपचारिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रधानमन्त्रीको सम्बोधनको अन्तिम स्वरूप भने महासभामा उनले औपचारिक भाषण गरेपछि मात्रै स्पष्ट हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.