काठमाण्डौ । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।
त्रिभुवन राजपथमा पनि मालवाहक सवारी सञ्चालनमा रोक लगाइएपछि ठूलो संख्यामा ट्रकहरू बल्खु, कलंकी र नागढुंगा क्षेत्रमा रोकिएका छन्।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा अन्य सामान बोकेर राजधानीबाट विभिन्न जिल्लातर्फ जाने मालवाहक सवारी गन्तव्यतर्फ जान सकेका छैनन्।
लगातारको वर्षाले पहिरो, लेदो र सडक भासिने जोखिम बढेपछि सुरक्षा सतर्कताका रूपमा सवारी आवागमन नियन्त्रण गरिएको हो।
मुख्य राजमार्गमा अवरोध लम्बिए मालवाहक सवारीको चाप थप बढ्नुका साथै ढुवानी तथा आपूर्ति प्रणालीमा समेत असर पर्न सक्ने देखिएको छ।
सम्बन्धित निकायले सडकको अवस्था सुधारिएपछि र जोखिम कम भएपछि मात्रै मालवाहक सवारीलाई क्रमशः गन्तव्यतर्फ पठाइने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।