शनिबार, आश्विन ३१,२०८३ 02:49:05
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 02:49:05
Bizshala
Global IME Bank Limited

एसआईपीमा लगानीको प्रतिफल कमजोर, १४ खुलामुखी योजनामध्ये ३ वटाले मात्रै दिए लाभांश

Bizshala
एसआईपीमा लगानीको प्रतिफल कमजोर, १४ खुलामुखी योजनामध्ये ३ वटाले मात्रै दिए लाभांश
New Office

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका खुलामुखी सामूहिक लगानी कोष योजनामध्ये गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म जम्मा तीन योजनाले मात्रै लगानीकर्तालाई लाभांश दिएका छन्।

नेपालको पूँजीबजारमा हाल १४ वटा खुलामुखी योजना सञ्चालनमा छन्। तीमध्ये सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनएमबि सरल बचत फण्ड–ई र कुमारी सुनौलो लगानी योजनाले मात्रै गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेका हुन्।

सबैभन्दा बढी एनएमबि सरल बचत फण्ड–ईले ५.२५ प्रतिशत प्रतिफल दिएको छ। त्यस्तै कुमारी सुनौलो लगानी योजनाले ४.७० प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसअनुसार सञ्चालनमा रहेका १४ योजनामध्ये करिब २१ प्रतिशत योजनाले मात्रै गत आर्थिक वर्षको प्रतिफल दिएका छन्।

यसले नियमित रूपमा रकम जम्मा गर्दै दीर्घकालीन प्रतिफलको अपेक्षा गरेर सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)मा लगानी गरिरहेका लगानीकर्तामाझ समेत प्रतिफलबारे प्रश्न उठाएको छ।

एसआईपी योजनाको प्रमुख उद्देश्य नियमित र अनुशासित लगानीमार्फत दीर्घकालमा सम्पत्ति सिर्जना गर्नु भए पनि नगद लाभांशलाई मात्र आधार मान्दा गत आर्थिक वर्षको प्रतिफल उत्साहजनक देखिएको छैन।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तर खुलामुखी योजनाको वास्तविक प्रतिफल मूल्यांकन गर्दा नगद लाभांश मात्रै नभई योजनाको नेट एसेट भ्यालु (न्याभ) वृद्धि, पुनर्लगानी गरिएको लाभांश र दीर्घकालीन कुल प्रतिफल समेत हेर्नुपर्ने हुन्छ। त्यसैले लाभांश नदिएको अवस्थालाई मात्र योजनाले प्रतिफल नै नदिएको रूपमा बुझ्न भने मिल्दैन।

यद्यपि, १४ मध्ये तीन योजनाले मात्रै नगद प्रतिफल घोषणा गरेको तथ्यले एसआईपी तथा खुलामुखी योजनाका फण्ड म्यानेजरको लगानी रणनीति, खर्च व्यवस्थापन र दीर्घकालीन प्रतिफल क्षमतामाथि थप चासो बढाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.