आईतवार, आश्विन ११,२०८३ 06:32:28
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 06:32:28
Bizshala
Global IME Bank Limited

नेपालमा TVS NTORQ 150 सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ

नेपालमा TVS NTORQ 150 सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ
New Office

 

काठमाण्डौ । TVS Motor Company ले नेपालका लागि आफ्नो नयाँ १५० सीसी क्षमताको Hyper Sport Scooter ‘TVS NTORQ 150’ सार्वजनिक गरेको छ। नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त स्कुटर बजारमा ल्याइएको हो।

कम्पनीका अनुसार १४९.७ सीसी रेस–ट्युन इन्जिनयुक्त NTORQ 150 लाई नेपालकै पहिलो १५० सीसी Hyper Sport Scooter का रूपमा प्रस्तुत गरिएको छ।

नक्साल, काठमाण्डौमा आयोजित लन्च कार्यक्रममा TVS Motor Company तथा जगदम्बा मोटर्सका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका पत्रकार, डिलर, इन्फ्लुएन्सर तथा अन्य सरोकारवालाको उपस्थिति थियो। कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी तथा ५० भन्दा बढी कन्टेन्ट क्रिएटर सहभागी भएको कम्पनीले जनाएको छ।

०–६० किमि प्रतिघण्टा ६.३ सेकेन्डमा

TVS NTORQ 150 मा १४९.७ सीसी एयर–कुल्ड O3CTech इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले ७,००० आरपीएममा १३.२ पीएस शक्ति र ५,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ।

स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा समात्न सक्ने र यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ।

कम्पनीले यसलाई आफ्नो सेग्मेन्टकै तीव्र एक्सेलेरेशन भएको स्कुटरका रूपमा प्रस्तुत गरेको छ।

५० भन्दा बढी कनेक्टेड फिचर

NTORQ 150 मा TVS SmartXonnect™ प्रविधि दिइएको छ। यसमार्फत टर्न–बाइ–टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन, कल तथा मेसेजसम्बन्धी सूचना र राइड मोडलगायत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्कुटरमा Race Mode र Street Mode उपलब्ध छन्। साथै iGo Assist, ABS तथा Traction Control System जस्ता फिचर पनि समावेश गरिएको छ।

सुरक्षाका लागि Single Channel ABS, Traction Control, Hazard Lamp तथा Follow-me Headlamp सुविधा राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइन

कम्पनीका अनुसार NTORQ 150 को डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित छ।

यसमा MULTIPOINT® Projector Headlamps, aerodynamic winglets, naked handlebar, coloured alloy wheels, sporty tail lamps तथा signature muffler note जस्ता डिजाइन तत्व समावेश छन्।

स्कुटरमा अगाडितर्फ झुकेको स्पोर्टी स्टान्स, एरोहेड शैलीको फ्रन्ट डिजाइन, जेट–प्रेरित भेन्ट तथा इन्टिग्रेटेड विङलेट्स दिइएको छ।

त्यस्तै स्पोर्ट–ट्युन सस्पेन्सन, हलुका अलोय ह्विल र प्रदर्शन केन्द्रित एग्जस्ट सिस्टमसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

२२ लिटर अन्डर–सिट स्टोरेज

आराम तथा प्रयोगात्मक सुविधाका लागि स्कुटरमा टेलिस्कोपिक सस्पेन्सन, एडजस्टेबल ब्रेक लिभर, E-Z Centre Stand तथा २२ लिटर क्षमताको अन्डर–सिट स्टोरेज दिइएको छ।

मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ

TVS NTORQ 150 नेपालभरका जगदम्बा मोटर्स डिलरसिपमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्कुटर Stealth Silver, Racing Red र Turbo Blue गरी तीनवटा रङमा उपलब्ध हुनेछ।

यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

TVS Motor Company का International Business President Peyman Kargar ले NTORQ ब्रान्डले प्रदर्शन, प्रविधि र फरक डिजाइनका कारण विश्व बजारमा बलियो उपस्थिति बनाएको बताए।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक Shahil Agrawal ले NTORQ नेपालमा सन् २०१८ मा प्रवेश गरेयता लोकप्रिय स्कुटर ब्रान्डमध्ये एक बनेको उल्लेख गर्दै नयाँ NTORQ 150 सँगै ग्राहक अनुभव अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक Akhil Gupta ले NTORQ 150 को लन्चले नेपालका प्रदर्शन केन्द्रित स्कुटर प्रयोगकर्ताका लागि नयाँ अध्याय सुरु गरेको बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.