सोमबार, आश्विन १२,२०८३ 06:20:56
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 06:20:56
Bizshala
Global IME Bank Limited

सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश

Bizshala
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश
New Office

 

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष टुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले साधारण सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, अग्राधिकार सेयरधनीलाई करसहित ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्वाचित भएका छन् ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

सो अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने खुद कर्जा तथा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको कुल निक्षेप १०.८४ प्रतिशत, कर्जा तथा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

२०२६ जुलाई मध्यसम्म बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) २.८७ प्रतिशत रहेको छ । त्यस्तै, जोखिम भारित सम्पत्तिको तुलनामा पूँजीकोष अनुपात १२.८३ प्रतिशत र तरलता अनुपात ३०.६८ प्रतिशत कायम भएको छ ।

बैंकको मासिक औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.७७ प्रतिशत रहेको छ ।

सानिमा बैंकले वित्तीय सूचकमा सुधार कायम गर्दै निक्षेप, कर्जा तथा कुल सम्पत्तिमा दोहोरो अंकको वृद्धि हासिल गरेको जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.