काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै तीनवटै कम्पनीको मूल्य समायोजन भएको हो ।
शाईन रेसुङ्गाको ६ प्रतिशत बोनस सेयर वितरणका लागि ४२८.९० रुपैयाँबाट ४०४.६२ रुपैयाँ कायम गरिएको छ भने अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर वितरणका लागि २६९ रुपैयाँको आधारमा २५६.१९ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, सर्वोत्तम पेन्ट्सको १० प्रतिशत बोनस सेयर वितरणका लागि १३३५ रुपैयाँको आधारमा १२१३.६४ रुपैयाँ कायम गरिएको छ । सोही समायोजित मूल्यकै आधारमा भोलि उक्त तीनवटै कम्पनीको कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।