काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४३ जनाले आवेदन दिएका छन्। आवेदनमाथि छनोट समितिले छानबिन गरिरहेको नेपाल पर्यटन बोर्डका महाप्रबन्धक रामकृष्ण लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार दसैँअघि नै नयाँ सीईओ नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार सीईओ नियुक्त भएपछि बोर्डका कामलाई थप गतिशील बनाउने तयारी छ।
सरकारले गत वैशाख १९ गते जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ पछि तत्कालीन सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए। त्यसयता बोर्ड करिब पाँच महिनादेखि सीईओविहीन छ।
सीईओ पदका लागि बोर्डका वर्तमान तथा पूर्व कर्मचारीसहित विभिन्न व्यक्तिले आवेदन दिएका छन्। आवेदन दिनेमा बोर्डकी पूर्व कर्मचारी तथा पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमलगायत रहेका छन्।
आवेदनकर्तामध्ये राजकुमार पाण्डे, अनिल थापा, प्रिती झा, खगेश्वर अधिकारी, निरोज कर्माचार्य, डा. लेखनाथ भण्डारी, आशुतोष प्रधान, गीता कुमारी शर्मा, ज्ञानेन्द्ररत्न तुलाधर, हिक्मतसिंह ऐर, उत्तमप्रसाद देवकोटा, सुरेशसिंह बुढाल, युविका भण्डारी, नवीन पोखरेल, लक्ष्मण गौतम, श्रद्धा श्रेष्ठ, राजाराम केसीलगायत छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।