आईतवार, भाद्र २३,२०८१ 07:29:10
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:29:10
IME remit
Global IME Bank Limited

मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा

Hyundai Nepal
मुक्तिनाथ बैंकका संस्थापक अध्यक्षको निधन, केन्द्रीय कार्यालयमा शोकसभा
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  

उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा बृद्धिका लागि गरेका योगदानको चर्चा गरिएको थियो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक शैली तथा सेवाहरु सहित बैंकको व्यवसायलाई विस्तार गर्नु आफैमा कठिन काम थियो । तथापी, सञ्चालक समितिमा उहाँको कुशल नेतृत्वले बैंकलाई नयाँ उचाईमा लैजान सफल हुनु भएको थियो ।'- मुक्तिनाथ बैंकले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ ।  

संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ ०१ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए ।  

वि.सं.२००६ साल साउन १५ गते भिरकोट नगरपालिका वडा नं.–७, (साविक खिलुङ गा.वि.स.वडा नं.–२) स्याङ्गजामा पिता देविप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मिएका उनी करिब २३ वर्ष शिक्षण पेशामा संलग्न थिए भने समाज सेवामा पनि सक्रिय थिए ।  

उनी स्याङ्गजा जिल्लाको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा अतुलनीय योगदान दिने ब्यक्तिको रुपमा चिनिन्थे । आफ्नो जीवनको सम्पूर्ण समय समाज र जनताको हकहितमा बिताउनु भएका उनी स्वच्छ छबी भएका सामाजिक ब्यक्तिको रुपमा लोकप्रिय थिए । उनको मंगलबार साँझ स्याङ्गजाको राम्दीमा हिन्दु परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X