शनिबार, पुष १३,२०८१ 02:56:59
IME remit
  • शनिबार, पुष १३,२०८१ 02:56:59
IME remit
Global IME Bank Limited

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

Hyundai Nepal
भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरिएको घोषणा गरेको छ ।  

बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानी सेवाको क्षेत्रमा २७ वर्षभन्दा बढीको अनुभव सँगालेका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।

Bizshala
Shivam Cement
CG Motors

सब्बीर अहमदको नियुक्तिसँगै भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहोर्‍याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिस्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गर्दै आएको छ ।  

‘भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ, यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्यूआर कोड स्क्यान गर्न र भिजा कार्डमार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।’ कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

आफ्नो नियुक्तिको अवसरमा भिजाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “विश्वभर तथा नेपालमा डिजिटल भुक्तानीमा अग्रपंक्तिमा रहेको ब्राण्ड भिजामा सामेल हुन पाउँदा म उत्साहित छु । ग्राहकहरू, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न म महत्वपूर्ण भूमिका खेल्न तत्पर छु ।  

हामीले बंगलादेश र भुटानका लागि डिजिटल भुक्तानीमा पनि महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका छौं । मलाई विश्वास छ कि हामीले उपभोक्ता र व्यवसायहरूका लागि नवीनतम डिजिटल(पहिलो भुक्तानी समाधानहरू ल्याउन सक्छौं, जसले नेपाल र छेउछाउका बजारहरूमा डिजिटल भुक्तानीमा वृद्धि ल्याउनसक्छ ।'

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले भने, “हामी नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी छौं । सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।” 

भिजा दुईसय भन्दा बढी देश र क्षेत्रमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्वकै अग्रणी संस्था हो ।  

 

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.