आईतवार, आश्विन १८,२०८३ 07:21:08
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:21:08
Bizshala
Global IME Bank Limited

त्रिवि सभा बैठकमा छुटेका असन्तुष्ट सदस्यलाई बोलाइयो

Bizshala
त्रिवि सभा बैठकमा छुटेका असन्तुष्ट सदस्यलाई बोलाइयो
New Office

 

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकमा सहभागी हुन नपाएका असन्तुष्ट सदस्यहरूलाई अन्ततः बैठकमा बोलाइएको छ। केही सदस्यलाई बैठकबारे समयमै औपचारिक सूचना र कार्यसूची उपलब्ध नगराइएको भन्दै विवाद भएपछि उनीहरूका लागि छुट्टै बैठक बोलाइएको हो।

त्रिवि सभाको बैठक आगामी असोज २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको छ। उक्त बैठकमा स्वतन्त्र विद्यार्थी युनियनका दुई सभापति, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष, नेपाल कर्मचारी सङ्घका अध्यक्ष, त्रिवि प्राध्यापक सङ्घका अध्यक्ष, नेपाल पब्लिक क्याम्पस सङ्घका दुई प्रतिनिधि तथा त्रिवि सभाका लागि निर्वाचित पाँच प्राध्यापकलाई आमन्त्रण गरिएको छ।

त्रिवि सभा विश्वविद्यालयको नीति तथा कार्यक्रम स्वीकृत गर्ने, दीर्घकालीन योजना तथा नियम पारित गर्ने र बजेट अनुमोदन गर्ने सर्वोच्च निकाय हो।

यसअघि केही सभा सदस्यलाई बैठकमा नबोलाइएको भन्दै प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधिले असन्तुष्टि जनाएका थिए। उनीहरूले सम्बन्धित प्रतिनिधिको अनिवार्य सहभागितालाई बेवास्ता गर्दै प्रक्रिया अघि बढाउन खोजिएको आरोप लगाएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्रिवि सभा सदस्य तथा केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीका अनुसार छुटेका सदस्यलाई समेटेर बैठक बोलाइएको हो।

कानुनी व्यवस्थाअनुसार सभा सदस्यलाई बैठकभन्दा कम्तीमा १५ दिनअघि बैठकको सूचना र कार्यसूची उपलब्ध गराउनुपर्ने हुन्छ। तर केही सदस्यले आफूलाई बैठकबारे कुनै औपचारिक जानकारी नदिइएको गुनासो गरेका थिए।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को संशोधित व्यवस्थाअनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा विश्वविद्यालय सभा रहने व्यवस्था छ। कुलपति सभाको अध्यक्ष, सहकुलपति उपाध्यक्ष तथा उपकुलपति सदस्य रहनेछन् भने शिक्षाध्यक्षले सदस्य–सचिवको भूमिका निर्वाह गर्ने व्यवस्था छ।

सभामा पदेन तथा निर्वाचित सदस्यसँगै प्राध्यापक, विद्यार्थी, कर्मचारी, क्याम्पस प्रमुख, डीन, अनुसन्धान केन्द्रका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहने कानुनी व्यवस्था छ। विश्वविद्यालयको नीति, शैक्षिक दिशा र प्रशासनिक निर्णयमा सरोकारवालाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले यस्तो संरचना तय गरिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.