काठमाडौं। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू–भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसम देशको हिमाली र पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साथै देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।