आज मौसम सफा रहने, यस्तो छ आगामी चार दिनको मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आगामी दिनमा मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशीसहित बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान छ ।

