काठमाडौं। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ । देशका पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।