काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल देशको हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।