काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली भू–भाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।
महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।