काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसमको अवस्था देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई भू–भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ।
महाशाखाका अनुसार देशको हिमाली र पहाडी भ–भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू–भागको थोरै स्थानमा र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।