सोमबार, आश्विन १९,२०८३ 03:34:43
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 03:34:43
Bizshala
Global IME Bank Limited

कोरला नाका जोड्ने बेनी–जोमसोम सडक अझै एक साता बन्द रहने

Bizshala
कोरला नाका जोड्ने बेनी–जोमसोम सडक अझै एक साता बन्द रहने
New Office

 

काठमाण्डौ । चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम सडकखण्ड अझै करिब एक साता सञ्चालनमा नआउने भएको छ।

सडक विभागका अनुसार मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासा–कोरला खण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा आएको छ। तातोपानी क्षेत्रमा सडक कटानको ब्याक कटिङ तथा टेवा पर्खाल निर्माणपछि यातायात सञ्चालन गरिएको विभागले जनाएको छ। पोखरेबगर पुलको एप्रोच निर्माणको काम भने जारी छ।

तर, विभिन्न स्थानमा सडक पूर्णरूपमा क्षतिग्रस्त भएकाले बेनीतर्फको आवागमन सहज हुन सकेको छैन। तातोपानीका दुई स्थान तथा भीरकाटे नजिक सडक भत्किएर पैदल आवागमनसमेत प्रभावित भएको छ। बेगखोला नजिक करिब एक सय मिटर सडक भासिएको विभागले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, बैसेरी क्षेत्रमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध छ। राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

पोखरेबगर नजिकको रातोपानी क्षेत्रमा ट्र्याक खोलिएको छ भने कुनेटोमा सडक फिलिङको काम भइरहेको छ। विभागका अनुसार मुख्य कटान तथा पहिरोग्रस्त क्षेत्रमा पुनर्निर्माणको काम तीव्र बनाइनेछ।

सडक विभागले समग्र खण्ड पूर्णरूपमा सञ्चालनमा आउन अझै करिब ६ दिन लाग्ने जनाएको छ। त्यसैले कोरला नाका जोड्ने यो महत्वपूर्ण सडकमार्गमा आवागमन तत्काल सहज हुने अवस्था देखिएको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.