सोमबार, कार्तिक ९,२०८३ 05:02:06
  • सोमबार, कार्तिक ९,२०८३ 05:02:06
Global IME Bank Limited

मन्त्रिपरिषद्का ५ निर्णय : नर्वेबाट १० करोड अनुदान लिने, वैकल्पिक विकास वित्त नियमावली स्वीकृत

Bizshala
मन्त्रिपरिषद्का ५ निर्णय : नर्वेबाट १० करोड अनुदान लिने, वैकल्पिक विकास वित्त नियमावली स्वीकृत
New Office

काठमाण्डौ ।  सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धनका लागि नर्वेजियन सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैठकले नेपाल इन्जिनियरिङ सेवा गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ।

त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ। अर्थ मन्त्रालयले यसअघि वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ।

Garima Development Bank
Bizshala
IME remit

मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ।

बैठकले सहसचिव पदमकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवातर्फ सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.