मन्त्रिपरिषद्का ५ निर्णय : नर्वेबाट १० करोड अनुदान लिने, वैकल्पिक विकास वित्त नियमावली स्वीकृत
काठमाण्डौ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धनका लागि नर्वेजियन सरकारबाट करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

