आईतवार, भाद्र २३,२०८१ 05:49:52
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:49:52
IME remit
Global IME Bank Limited

मर्जरमा गएका यी ४ कम्पनीको सेयर कारोबार कहिले फुकुवा होला ? यस्तो छ तयारी

Hyundai Nepal
मर्जरमा गएका यी ४ कम्पनीको सेयर कारोबार कहिले फुकुवा होला ? यस्तो छ तयारी
Nabil Bank Limited

काठमाण्डौ । एकआपसमा मर्जर वा प्राप्ति (एक्वीजिशन) प्रक्रिया पुरा गरी एकीकृत कारोबार गरिसकेका चार लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार अझै फुकुवा भएको छैन ।  

नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरी मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरेर एकीकृत कारोबार सुरु भएकोदेखि बढीमा १५ कारोबार दिनसम्म मात्रै कारोबार रोक्का हुने व्यवस्था गरेको थियो ।  

तर निर्देशिकामा १५ दिनसम्म सेयर कारोबार रोक्का हुने कानूनी व्यवस्था भएपनि उक्त चार संस्थाको सेयर कारोबार अझै फुकुवा हुन नसक्दा लाखौं लगानीकर्ताको लगानी होल्डमा बसेको छ ।  

एकआपसमा गाभिने वा मर्जर प्रक्रिया पुरा गरी एकीकृत कारोबारपछि बढीमा १५ दिनसम्म मात्रै सेयर रोक्का राख्ने कानूनी व्यवस्था पछिल्लो समय कार्यान्वयन हुन छाडेको छ ।  

मर्जरपछि एकीकृत कारोबार भएको १५ दिन पुरा भइसक्दा पनि हालसम्म मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको एकीकृत सेयर कारोबार फुुकुवा हुन सकेको छैन ।  

मर्जर प्रक्रिया पुरा गरी बिपिडब्लु र सामुदायिक लघुवित्तले गत फागुन २४ गतेदेखि तथा मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए ।  

एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ दिनका लागि सेयर कारोबार रोक्का गरिदिन यी कम्पनीले नेप्सेमा पत्र पठाएसँगै नेप्सेले कारोबार रोक्का गरेको थियो ।  

तर कारोबार रोक्का भएको लामो समय सम्म पनि दोस्रो बजारमा उक्त संस्थाको कारोबार हुन नसक्दा सेयरधनीको लगानी होल्ड तथा कम्पनीका लगानीकर्ता कारोबार गर्नबाट वा वञ्चित भएका छन् ।  

अब भने उक्त संस्थाहरुको सेयर यसै साताभित्र फुकुवा हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । एक्वीजिशनपश्चात् उक्त संस्थाहरुको सेयर फुुकुवा सम्बन्धी डकुमेन्टेसन सेबोनमा अड्किंदा प्रक्रिया लम्बिएको पराजुलीले बताए ।

धितोपत्र बोर्ड, कम्पनी रजिष्टार्ड कार्यालय र सीडीएससीबाट दर्ता प्रक्रियाको सबै कार्य सकाएर नेप्सेमा सेयर फुउता कुवाको लागि प्रस्ताव पेश गरिसकेको नेरुडे मिर्मिरे लघुवित्तका डेपुटी सीईओ मिन बहादुर बोहराले बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा एकीकृत कारोबार पछि संस्थाको सेयर कारोबार समयमै फुकुवा हुन सकेको थिएन । बोर्डका निमित्त अध्यक्ष नवराज अधिकारीले दुईदिन अघिमात्रै स्वीकृति दिएपछि हामीले नेप्सेसमक्ष सेयर फुकुवा गर्न पत्र पठाईसकेका छौं’ उनले भने, ‘सम्भवतः अब शुक्रबार या आईतबारसम्ममा नेरुडे मिर्मिरे लघुवित्तको सेयर कारोबार फुकुवा हुनेछ ।’  

त्यस्तै, विपिडब्लु र सामुदायिक लघुवित्त मर्जरपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भइसकेको छ । संस्थाका सूचना अधिकृत शंकर गुरुङ्गले अब एक दुई दिनभित्रै एकीकृत संस्थाको नामबाट कारोबार फुकुवा हुने बताए ।  

‘हाम्रो तर्फबाट दर्ता प्रक्रियाको काम चाँडै सकिएको थियो । धितोपत्र बोर्डमा लामो समयसम्म स्वीकृति प्रक्रिया ढिला भएकाले संस्थाको कारोबार फुकुवा हुन नसकेको हो’ उनले भने, ‘हिजो मात्रै सीडीएससीमा दर्ता गराई नेप्सेमा हामीले सेयर फबुवा गर्न पत्र पेश गरिसकेका छौं, नेप्सेका अनुसार एक दुई दिनभित्रै कारोबार फुकुवा हुनेछ ।’

लामो समयदेखि सेयर कारोबार नहुँदा लगानीकर्ता भने मारमा परेका छन् । लगानीकर्ताहरुले यी कम्पनीहरुको सेयर कारोबार फुकुवा नुहँदा मारमा परेको र अविलम्ब कारोबार फुकुवा हुनुपर्ने माग गरेका छन् । उनीहरुmले कारोबार फुकुवामा भईरहेको ढिलाईलाई लगानीकर्ताप्रतिको गैह्र जिम्मेवारीपन भएको आरोप लगाएका छन् । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X