काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न आकर्षक भ्वाइस, डेटा तथा कम्बो प्याक समेटिएको ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ अफरअन्तर्गत विभिन्न अवधिका भ्वाइस र डेटा प्याकलाई थप आकर्षक बनाइएको छ। ‘अल नेट भ्वाइस प्याक’ अन्तर्गत ३५ रुपैयाँ, ४९ रुपैयाँ, ९८ रुपैयाँ, १९८ रुपैयाँ र २९९ रुपैयाँमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटसम्म कुरा गर्न सकिनेछ। यी प्याकको अवधि क्रमशः १ दिन, ३ दिन, ७ दिन, ३० दिन र ३० दिन रहनेछ।
त्यस्तै, ‘सजिलो अनलिमिटेड’ प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डेटा र २०० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।
यसैगरी १ हजार ४९९ रुपैयाँको ३० दिने प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डेटा र ३५० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस तथा डेटा प्याकसँगै अन्य कम्बो प्याक प्रयोग गर्न सक्नेछन्।
कम्पनीले भ्वाइस तथा डेटा प्याकबाहेक बन्डल्ड प्याक, एड-अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक तथा एफटीटीएच प्याकसमेत उपलब्ध गराएको जनाएको छ। फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको छ।
‘अटम अफर २०८३’ असोज २६ गतेदेखि लागू भइसकेको नेपाल टेलिकमले जनाएको छ।
ग्राहकले मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एपमार्फत विभिन्न प्याकबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्। कम्पनीको वेबसाइटमार्फत पनि अफरसम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।