मंगलवार, आश्विन २७,२०८३ 04:56:39
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 04:56:39
Bizshala
Global IME Bank Limited

पाकिस्तानमा रेल दुर्घटना, १४ वटै डिब्बा पटरीबाट खसे; ६ जनाको मृत्यु

Bizshala
पाकिस्तानमा रेल दुर्घटना, १४ वटै डिब्बा पटरीबाट खसे; ६ जनाको मृत्यु
New Office

 

काठमाण्डौ । पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार बिहान भएको रेल दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

कराँचीबाट पेशावरतर्फ जाँदै गरेको रहमान बाबा एक्सप्रेस मुल्तानस्थित शेर शाह पुलनजिकै दुर्घटनामा परेको हो। स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे रेल पटरीबाट खसेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा रेलका सबै १४ वटा डिब्बा पटरीबाट खसेका छन्। घाइतेहरूलाई उपचारका लागि मुल्तानस्थित निस्थार अस्पतालमा लगिएको छ। घटनास्थलमा प्रहरी तथा उद्धार टोली परिचालन गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य तीव्र बनाउन र घाइतेहरूको तत्काल उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। सम्बन्धित निकायले घटनाबारे अनुसन्धान अघि बढाउने तयारी गरेको बताइएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

पाकिस्तानमा यसअघि पनि ठूला रेल दुर्घटना हुँदै आएका छन्। सन् २०२३ को अगस्टमा सिन्ध प्रान्तको नवाबशाहनजिकै हजारा एक्सप्रेस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।

पछिल्लो दुर्घटनाले फेरि एकपटक पाकिस्तानको रेल सुरक्षा, ट्र्याक मर्मत र सञ्चालन व्यवस्थामाथि प्रश्न उठाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X