शुक्रबार, आश्विन ३०,२०८३ 03:22:44
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 03:22:44
Bizshala
Global IME Bank Limited

अमेरिकामा शैक्षिक संस्थामा बढ्दो बन्दुक हिंसा, यस वर्ष ५२ गोलीकाण्डमा ३२ जनाको मृत्यु

Bizshala
अमेरिकामा शैक्षिक संस्थामा बढ्दो बन्दुक हिंसा, यस वर्ष ५२ गोलीकाण्डमा ३२ जनाको मृत्यु
New Office

 काठमाण्डौ । अमेरिकामा सन् २०२६ को अक्टोबर १५ सम्म विद्यालय तथा कलेज परिसरमा गोली चलाइएका कम्तीमा ५२ घटना भएका छन्। ती घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

सीएनएनले ‘गन भायलेन्स आर्काइभ’, ‘एजुकेसन विक’ र ‘एभरिटाउन फर गन सेफ्टी’का विवरण विश्लेषण गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

यस वर्ष अभिलेख भएका ५२ घटनामध्ये ३६ वटा विद्यालय परिसरमा र १६ वटा कलेज तथा विश्वविद्यालय क्षेत्रमा भएका छन्। तथ्याङ्कमा किन्डरगार्टेनदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थामा भएका गोलीकाण्ड समावेश गरिएको छ।

सीएनएनले विद्यालय भवन, खेलमैदान, पार्किङ क्षेत्र, रङ्गशाला र स्कुल बसमा भएका गोलीकाण्डलाई पनि यस तथ्याङ्कमा समेटेको जनाएको छ। कम्तीमा एक जना घाइते वा मृत्यु भएको घटनालाई मात्र गणना गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कोभिड–१९ महामारीका कारण विद्यालय बन्द भएको अवधिमा यस्ता घटना घटेका थिए। तर त्यसपछि शैक्षिक संस्थामा हुने बन्दुक हिंसाका घटना फेरि बढेका छन्।

सन् २०२३ मा अमेरिकामा विद्यालय परिसरमा कम्तीमा ८४ वटा गोलीकाण्ड भएका थिए। सीएनएनले सन् २००८ देखि तथ्याङ्क राख्न थालेयताकै यो सबैभन्दा ठूलो संख्या हो।

मृत्युका आधारमा भने सन् २०२२ अत्यन्त घातक वर्षमध्ये एक रहेको थियो। त्यस वर्ष विद्यालयमा भएका गोलीकाण्डमा ४८ जनाको मृत्यु भएको थियो।

सन् २०२२ मै टेक्ससको उभाल्डेस्थित रोब एलिमेन्टरी स्कुलमा भएको गोलीकाण्डमा १९ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको थियो। उक्त घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सन् २००८ यताका घटनालाई जनसंख्याको अनुपातमा हेर्दा अमेरिकाका केही दक्षिणी राज्यमा विद्यालय गोलीकाण्डको दर तुलनात्मक रूपमा उच्च देखिएको छ। कुल घटनाको संख्यामा भने टेक्सस सबैभन्दा अगाडि रहेको छ, जहाँ सन् २००८ यता कम्तीमा ७१ घटना अभिलेख भएका छन्।

सोही अवधिमा मोन्टाना, वायोमिङ, न्यु ह्याम्पसायर र भर्मन्टमा विद्यालय परिसरमा गोलीकाण्ड अभिलेख नभएको विश्लेषणमा उल्लेख छ।

लगातार दोहोरिने यस्ता घटनाले अमेरिकामा विद्यालय सुरक्षा, बन्दुकसम्बन्धी कानुन र विद्यार्थी तथा शिक्षकको सुरक्षाबारे बहसलाई थप तीव्र बनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.