काठमाण्डौ । दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मन्जुश्री फाइनान्स लिमिटेड र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको हो ।
यी दुई कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै मूल्य समायोजन भएको हो ।
मन्जुश्रीको ७५९.५० रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर वितरणपछि ७२३.३३ रुपैयाँ समायोजन भएको छ ।
त्यस्तै, बरुण हाइड्रोको ३३८.९० रुपैयाँको आधारमा ४.७५ प्रतिशत बोनस सेयर वितरणपछि ३२३.५३ रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।