शुक्रबार, कार्तिक १३,२०८३ 07:59:45
  • शुक्रबार, कार्तिक १३,२०८३ 07:59:45
Global IME Bank Limited

नेपालको पूँजीबजारमा नयाँ खेलाडी, ETF REIT र डेरिभेटिभ प्रवेशको तयारी

Bizshala
नेपालको पूँजीबजारमा नयाँ खेलाडी, ETF REIT र डेरिभेटिभ प्रवेशको तयारी
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी नयाँ तथा नवीन वित्तीय उपकरणहरूको कारोबार गर्न सक्ने बहुआयामिक बजारका रूपमा विकास गर्ने तयारी अघि बढाएको छ।

यसका लागि बोर्डले नवीनतम वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापनका लागि आवश्यक कानूनी, प्राविधिक तथा संस्थागत पूर्वाधार तयार गर्न सात सदस्यीय समिति गठन गरेको छ।

बोर्डका कायममुकायम कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रतिनिधि, मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहनेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

समितिले नेपालको धितोपत्र बजारमा कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेञ्ज ट्रेडेड फण्ड (ETF), रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट (REIT), इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट ट्रस्ट (InvIT) तथा चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणको कारोबार सम्भव बनाउने गरी आवश्यक संरचना तयार गर्नेछ।

बोर्डले सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३’ मा समेत बजारको गहिराइ तथा विविधीकरणअन्तर्गत कर्पोरेट बन्ड मार्केट, ग्रीन बन्ड, म्युनिसिपल बन्ड, ETF, REIT, InvIT तथा डेरिभेटिभ बजार चरणबद्ध रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

Garima Development Bank
Bizshala
IME remit

समितिले ETF, REIT, InvIT, Green Bonds, Municipal Bonds, Commodity Futures तथा Currency Derivatives जस्ता नवीन वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि आवश्यक कानूनी व्यवस्था, बजार संरचना, प्राविधिक पूर्वाधार र संस्थागत संयन्त्रका विषयमा अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक काम गर्नेछ।

समितिको पहिलो बैठकसमेत बसेको छ। बैठकबाट यस्ता वित्तीय उपकरणको अवधारणा, कानूनी तथा बजार संरचना र आवश्यक प्राविधिक तयारीसम्बन्धी काम अघि बढाइएको बोर्डले जनाएको छ।

नयाँ वित्तीय उपकरण सञ्चालनमा आए नेपालको पूँजीबजारमा लगानीका विकल्प विस्तार हुनुका साथै बजारको गहिराइ, विविधीकरण र संस्थागत विकासमा टेवा पुग्ने बोर्डको अपेक्षा छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.