शनिबार, फाल्गुन १०,२०८१ 09:54:45
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:45
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोः बजारमा उछाल आउँदा लगानीकर्ता खुसीले गदगद,निर्जीवन बीमा कम्पनीको चर्चा

Hyundai Nepal
ग्राउण्ड जिरोः बजारमा उछाल आउँदा लगानीकर्ता खुसीले गदगद,निर्जीवन बीमा कम्पनीको चर्चा
Nabil Bank Limited

काठमाण्डौ । नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई यो साता पनि हामीले निरन्तरता दिएका छौं । यो साता पनि हामीले विभिन्न ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं । यसै क्रममा आज हामी सबैभन्दा पहिले कालिकास्थानमा रहेका नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) मा पुग्यौं । यस ब्रोकरमा लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु ब्रोकर हाउसमा रहेको डिस्प्ले हेर्नमा व्यस्त थिए । आजको प्रि ओपनमा राम्रै अंकले बढेको बजारमा नियमित सेसनमा भने केही अंकको करेक्सन पनि आएको थियो । तर बजार आज दिनभरको काराबोरमा भने सकरात्मक नै रह्यो ।  

लगानीकर्ता विभिन्न कम्पनी विशेषका बारेमा चर्चा पनि गरिरहेका थिए । ‘कृषी विकास बैंक पनि राम्रै बढेछ । नाफा बुक गरौ है । एक लगानीकर्ताले आफ्ना सहपाठीहरुलाई आह्वान गरेको सुनियो । ‘अहिले नै कहाँ बेच्नु ? पख्नुस्, बैंकहरु बढ्नै बाँकी छ । उनीसँगै बसेका एक लगानीकर्ताले भने ।  

लगानीकर्ता ब्रोकर आउने क्रम जारी नै थियो । यत्तिकैमा एक जना लगानीकर्ता खुसी मुद्धामा प्रवेश गरे । केहि समयको विश्रामपछि उनले मुख खोले,‘मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई सेयर किन्न दिएको छ । बैंकहरुले निर्जिवन बीमा कम्पनी किन्छन् । आज यिनै कम्पनीको सेयरमूल्य बढिरहेको छ ।’

यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले आफूले गोर्खाज फाइनान्स किनेको तर सेयरमूल्य भने नबढिरहेको गुनासो गरे । नजिकै बसेका एक लगानीकर्ताले  उनको गुनासोका बारेमा टिप्पणी गर्दै भने,‘ खेलाडीको सेयर, बजार बढ्दा भने बढ्दैन । तपाई पनि यस्ता स्क्रिप्टको पछि लाग्नु भएछ । अब राम्रै टोपि लगाउनु हुने भयो ।’

‘अब के गर्ने ? १५ सयको आशा देखाएर भिडाई त हाले ।’ ती लगानीकर्ताले आत्मग्लानीयूक्त आवाजमा भने । यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरु भने नेपाल इन्स्योरेन्स , सिटिजन्स लाइफ इन्स्योरेन्स जस्ता कम्पनीको चर्चा गर्दै थिए । ब्रोकर हाउमा यस्तै गल्फति चल्दै थिए । यहाँबाट हामी न्यू प्लजास्थित प्रिमिएर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३२ मा पुग्यौं ।  

यो ब्रोकर हाउसमा अघिल्ला दिनहरु भन्दा लगानीकर्ताको संख्या निकै बढेको थियो । यस ब्रोकरमा पनि इन्स्योरेन्स कम्पनीहरुको चर्चा चलिरहेको थियो । केही लगानीकर्ताहरुले एनएलजी , शिखर इन्स्यारेन्स र नेपाल लाइफ जस्ता कम्पनीहरुको चर्चा गरेको सुनियो । एक लगानीकर्ताले एक चिरपरिचित बैंकरले बजारप्रति नकरात्मक स्टाटस राखेको बारे चर्चा गरेको पनि सुनियो । यस बेला सम्म बजार ४६ अंकले बढेको थियो । कारोबार पनि ३ अर्बमाथि भएको थियो । लगानीकर्ताहरु आज कारोबार ५ अर्बमाथि हुने तर्क गर्दै थिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

केही समयको बसाईपछि हामी नजिकै रहेको सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । यस ब्रोकरमा एक जना उमेरले पाका लागनीकर्ता ढाका टोपी ढल्काएर ब्रोकर हाउसमा यताउता गरेको देखियो । एक जना लगानीकर्ताले भने,‘मलाई त साथिहरु छोटो समयमा मितेरी डेभलपमेन्ट बैंकमा प्रतिकित्ता एक सय फाइदा भयो । यो कम्पनी के कस्तो हो मलाई केही थाहा छैन । एक जना साथिले भनेर किनेको राम्रै भयो ।’

केही लगानीकर्ता बजेटसम्मै बजार बढ्ने ठोकुवा गर्दै थिए । एक जना लगानीक्र्ताले बितेको १० वर्षमा सेयर बजारबाट मनग्य कमाएको बताए । उनीसँगै बसेका लगानीकर्ताले भने,‘हामी भने डुबेका डुब्यै छौं । तपाईले कसरी कमाउनु भयो त ?’  

उनको प्रश्नको उत्तर दिदैं ती लगानीकर्ताले भने,‘यो बजारमा सबै भन्दा ठूलो कुरा भनेको ज्ञान र धैर्यता रहेछ । यो १० वर्षमा मैले कमाएको सबैभन्दा ठूलो कुरो भनेको यही हो ।’  

उनको कुरा सुनेर ब्रोकर हाउसमा हाँसोको फोहोरा छुट्यो । आज बजार ठूलो अंकले बढेकाले लगानीकर्ता खुसी देखिन्थे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.