बिहीबार, कार्तिक १९,२०८३ 05:10:14
  • बिहीबार, कार्तिक १९,२०८३ 05:10:14
Global IME Bank Limited

इन्ट्राडेमा सेबोनको कडा मोडल, एकै दिन पोजिसन बन्द नगरे सिस्टमले आफैं बेचिदिने

Bizshala
इन्ट्राडेमा सेबोनको कडा मोडल, एकै दिन पोजिसन बन्द नगरे सिस्टमले आफैं बेचिदिने
New Office

काठमाण्डौ । नेपालको सेयर बजारमा लामो समयदेखि चर्चामा रहेको अन्तरदिवसीय अर्थात् ‘इन्ट्राडे ट्रेडिङ’ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले विस्तृत कानूनी संरचनाको प्रारम्भिक मस्यौदा तयार गरेको छ।

बोर्डले तयार गरेको ‘अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली २०८३’ को प्रारम्भिक मस्यौदाले एउटै कारोबार दिनभित्र एउटै धितोपत्र खरिद र बिक्री वा बिक्री र खरिद गरी कारोबारको स्थिति सोही दिन बन्द गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। नियमावली बोर्डले तोकेको मितिदेखि लागू हुने प्रस्ताव छ।

मस्यौदाअनुसार सबै सूचीकृत कम्पनीका सेयरमा इन्ट्राडे कारोबार गर्न पाइने छैन। बोर्डले तोकेको मापदण्ड पूरा गरेका धितोपत्रमा मात्रै यस्तो कारोबार गर्न सकिनेछ। योग्य धितोपत्र छनौट गर्दा तरलता दैनिक कारोबार परिमाण फ्री फ्लोट सेयर संख्या मूल्य अस्थिरता बजार पूँजीकरण संस्थागत सुशासन तथा कम्पनीको वित्तीय अवस्थालाई आधार बनाइनेछ। योग्य धितोपत्रको सूची धितोपत्र बजारले समय–समयमा सार्वजनिक गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदाको सबैभन्दा महत्वपूर्ण व्यवस्थामध्ये ब्रोकर कम्पनीको न्यूनतम पूँजीसम्बन्धी व्यवस्था हो। इन्ट्राडे कारोबार सुविधा सञ्चालन गर्न चाहने धितोपत्र व्यवसायीको न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरिएको छ। साथै नेटवर्थ चुक्ता पूँजीभन्दा बढी हुनुपर्ने जोखिम व्यवस्थापन प्रणाली सञ्चालनमा हुनुपर्ने आदेश व्यवस्थापन र कारोबार प्रणाली एकीकृत हुनुपर्ने तथा छुट्टै जोखिम व्यवस्थापन अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था राखिएको छ।

यसको अर्थ हाल सञ्चालनमा रहेका सबै ब्रोकर कम्पनीले स्वतः इन्ट्राडे कारोबार सुविधा दिन पाउने छैनन्। बोर्ड र धितोपत्र बजारले तोकेको वित्तीय प्राविधिक तथा जोखिम व्यवस्थापनसम्बन्धी मापदण्ड पूरा गरेका ब्रोकरले मात्रै यस्तो सेवा दिन सक्नेछन्।

लगानीकर्ताले समेत इन्ट्राडे कारोबारको सुविधा स्वतः पाउने छैनन्। ब्रोकर कम्पनीले ग्राहकको पहिचान वित्तीय क्षमता जोखिम वहन क्षमता तथा उपयुक्तताको मूल्याङ्कन गरेपछि मात्रै सुविधा उपलब्ध गराउनुपर्नेछ। ग्राहकले जोखिम बुझेको घोषणापत्र इन्ट्राडे कारोबार सम्झौता र मार्जिनसम्बन्धी सहमति समेत गर्नुपर्ने प्रस्ताव छ।

मस्यौदामा लगानीकर्ताको वार्षिक आम्दानी लगानी अनुभव कारोबार संख्या लगानीको स्रोत कुल सम्पत्तिमध्ये इन्ट्राडेमा लगानी गर्न चाहेको हिस्सा तथा २० प्रतिशतसम्म नोक्सानी हुँदा अपनाउने रणनीतिसम्म मूल्याङ्कन गर्ने प्रस्ताव गरिएको छ। त्यसपछि ग्राहकलाई न्यून मध्यम वा उच्च जोखिम समूहमा वर्गीकरण गरी इन्ट्राडे कारोबारका लागि ‘उपयुक्त’ ‘सर्तसहित उपयुक्त’ वा ‘अनुपयुक्त’ ठहर गर्न सकिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एकै दिन पोजिसन बन्द गर्नुपर्ने

प्रस्तावित नियमअनुसार इन्ट्राडे कारोबारबाट सिर्जना भएको खुला स्थिति सोही कारोबार दिनभित्र बन्द गर्नुपर्नेछ। लगानीकर्ताले तोकिएको समयभित्र आफ्नो खुला स्थिति बन्द नगरेमा ब्रोकरको प्रणालीले स्वतः ‘स्क्वायर अफ’ गर्नेछ।

यसरी स्वतः कारोबार बन्द हुँदा उत्पन्न हुने नाफा नोक्सानी शुल्क तथा अन्य वित्तीय दायित्व सम्बन्धित ग्राहकले नै व्यहोर्नुपर्ने प्रस्ताव गरिएको छ।

मस्यौदाले भने निश्चित अवस्थामा इन्ट्राडे कारोबारलाई सामान्य डेलिभरी कारोबारमा रूपान्तरण गर्न सकिने बाटो पनि खुला राखेको छ। तर त्यसका लागि आवश्यक मार्जिन भुक्तानी र धितोपत्र हस्तान्तरणसम्बन्धी सर्त बोर्डले तोक्नेछ।

मार्जिन अनिवार्य

इन्ट्राडे कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिएको मार्जिन कायम राख्नुपर्नेछ। पर्याप्त मार्जिन नराखी ब्रोकरले इन्ट्राडे कारोबार गराउन पाउने छैन।

बजार मूल्य खुला स्थिति र जोखिमको स्तरमा परिवर्तन आएमा ब्रोकरले ग्राहकको मार्जिन वास्तविक समयमा पुनर्मूल्याङ्कन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

मार्जिन आवश्यक स्तरभन्दा कम भएमा ग्राहकलाई तत्काल जानकारी गराउनुपर्नेछ। थप मार्जिन उपलब्ध नगराए नयाँ आदेश रोक्ने खुला स्थिति घटाउने वा स्वतः बन्द गर्ने अधिकार ब्रोकरलाई हुने प्रस्ताव गरिएको छ।

बजारमा असामान्य उतारचढाव आए इन्ट्राडे रोक्न सकिने

मस्यौदाले बजार अत्यधिक अस्थिर भएको अवस्थामा बोर्डलाई विशेष अधिकारसमेत दिएको छ। असामान्य मूल्य उतारचढाव प्रणालीगत जोखिम वा सार्वजनिक हितमा जोखिम देखिए बोर्डले मार्जिन बढाउन कारोबार सीमा घटाउन वा निश्चित धितोपत्रमा इन्ट्राडे कारोबार अस्थायी रूपमा रोक्न सक्नेछ।

अधिकतम कारोबार सीमा ग्राहक धितोपत्र ब्रोकर तथा समग्र बजार तहमा समेत निर्धारण गर्न सकिने प्रस्ताव छ। यस्तो सीमा निर्धारण गर्दा ग्राहकको वित्तीय क्षमता मार्जिनको पर्याप्तता धितोपत्रको तरलता तथा बजार जोखिमलाई आधार बनाइनेछ।

Garima Development Bank
Bizshala
IME remit

रियल टाइम निगरानी र साइबर सुरक्षामा जोड

इन्ट्राडे कारोबारलाई सामान्य सेयर कारोबारभन्दा बढी जोखिमयुक्त मान्दै मस्यौदाले वास्तविक समय जोखिम निगरानी प्रणाली अनिवार्य गर्ने प्रस्ताव गरेको छ।

ब्रोकरको प्रणालीले मार्जिन गणना खुला स्थिति निगरानी अधिकतम कारोबार सीमा नियन्त्रण जोखिम सीमा उल्लङ्घनमा चेतावनी तथा आवश्यक अवस्थामा स्वतः कारोबार नियन्त्रण गर्न सक्ने हुनुपर्नेछ।

धितोपत्र बजारले पनि असामान्य मूल्य परिवर्तन असामान्य कारोबार परिमाण तथा सम्भावित बजार दुरुपयोगको रियल टाइम निगरानी गर्नुपर्नेछ। शंकास्पद कारोबार देखिए तत्काल बोर्डलाई जानकारी गराउनुपर्ने प्रस्ताव छ।

त्यस्तै कारोबार प्रणालीमा सूचना सुरक्षा डाटा संरक्षण साइबर सुरक्षा विपद् पुनःस्थापना केन्द्र र व्यवसाय निरन्तरता योजना अनिवार्य गर्न प्रस्ताव गरिएको छ।

चरणबद्ध रूपमा कार्यान्वयन गर्न सकिने

बोर्डले इन्ट्राडे कारोबार एकैपटक सबै सेयर सबै ब्रोकर र सबै लगानीकर्तामा लागू गर्नुपर्ने छैन। प्रारम्भिक चरणमा निश्चित धितोपत्र निश्चित ब्रोकर वा निश्चित वर्गका लगानीकर्तामा मात्रै इन्ट्राडे कारोबार लागू गर्न सकिने प्रस्ताव मस्यौदामा छ।

यो मस्यौदा कार्यान्वयनमा आए नेपाली पूँजीबजारमा एउटै दिन सेयर किनबेच गरेर पोजिसन बन्द गर्न सकिने औपचारिक इन्ट्राडे कारोबार प्रणालीको सुरुवात हुनेछ।

 तर मस्यौदाले उच्च जोखिमलाई ध्यानमा राख्दै लगानीकर्ता ब्रोकर कारोबारयोग्य धितोपत्र मार्जिन जोखिम व्यवस्थापन र प्रविधि सबैमा कडा मापदण्ड प्रस्ताव गरेको देखिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.