काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक हजार ५ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला तीन हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो कारोबारको दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ कमी हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।