मंगलवार, असार १७,२०८२ 06:58:40
  • मंगलवार, असार १७,२०८२ 06:58:40
Global IME Bank Limited

सन नेपाल लाइफको साधारण सभा आज, २५.०५% लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

Hyundai Nepal
सन नेपाल लाइफको साधारण सभा आज, २५.०५% लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Nabil Bank Limited

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार ७ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा आज बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा आयोजना हुनेछ।  

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्रद जारी गर्ने र बोनस र हकप्रद पश्चात अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले गत वैशाख २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.