शनिबार, फाल्गुन १०,२०८१ 09:39:06
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:39:06
IME remit
Global IME Bank Limited

एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा

Hyundai Nepal
एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अलिल्लो दिन मात्रै तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको कम्पनीले आज फेरी दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  

प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने घटेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ३ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत ८७ करोड ३६ लाख र ५ करोड ४४ लाख रुपैयाँबराबरको अन्य प्रत्यक्ष आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी पनि ११.५५ प्रतिशतले घट्दै ३ अर्ब ७६ करोडमा सीमित बनेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले यो अवधिसम्म २ अर्ब १२ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीको कुल खर्च १२.७५ प्रतिशतले घटेर ३ अर्ब ४८ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ३ अर्ब ९९ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ती कोषको आकार ३० करोड ८१ लाख र स्पेशल रिजर्भको आकार ४ अर्ब २४ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १७.५१ प्रतिशतले घट्दै ५५ करोड ४८ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.६४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४५.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२९.२२ रुपैयाँ र पिई अनुपात २५४.९४ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.