शुक्रबार, श्रावण २९,२०८३ 12:15:25
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 12:15:25
Bizshala
Global IME Bank Limited

सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

Prabhu Bank Limited
सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन
New Office

काठमाण्डौ । जीएसी मोटर्सको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा नयाँ शोरुम उद्घाटन गरेको छ। शोरुमको उद्घाटन चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, सीजी मोटर्सका एमडी निर्वाण चौधरी, जीएसी ईन्टरनेशनलका उप महाप्रवन्धक स्टिभेन वाङ, जीएसी एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागका डाइरेक्टर छेन वान, एसिया क्षेत्रका जीएम साम छु, जीएसी एयोनको जीएम अफिसका स्पेशलिस्ट डुमिङ यी, प्रोजेक्ट म्यानेजर वुयीवेइ र एशियाका मार्केटीङ प्रबन्धक, ग्रेस निउले आज संयुक्त रुपमा गरेका हुन् । 

शोरुम उद्घाटनसँगै एयोन एस र हाईपर ईएसको पनि अनावरण भएको छ । चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएका एसयुभीको नेपालमा पनि बिक्री वितरण सुरु भइसकेको छ। आधनिुक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाईमा १०० किलोवाट मोटर रहेको छ । जसले २२५ एनएमको अधिकतम टर्क प्रदान गर्छ । यसको लिथियम–आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ । जसमा ६.६ किलोवाट चार्जरको सुविधा छ। एक फुल चार्जमा यो ईभीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्छ र यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

CG Motors

एयोन वाईको अगाडि र पछाडि, दुवै चक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ मिमि छ। एयोन वाईमा १७ इन्चको एल्यमिुनियम आलोय पाङ्ग्राहरू, एलईडी डेटाइम रनिङ लाइटहरू, फोल्डिङ साइड मिररहरू, र पानीको सेन्सर भएको वाइपरहरू सहितको विभिन्न सविुधाहरू छन । यसमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ, र ४०५ लिटरको विशाल बुट पनि छ । जसलाई १२०० लिटरसम्म बढाउन सकिन्छ।

एयोन वाईमा सुरक्षालाई विशेष ध्यान पुर्याइएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ। गाडीमा  १०.२५ इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि–इन्फर्मेसन डिस्प्ले, र १४.६ इन्च टच स्क्रिन डिस्प्ले रहेको छ। यसबाहेक, एचडी भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री, र ३६० एचडी भ्यू क्यामेरा सिस्टम अन्य थुप्रै सुविधाहरू छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X