आईतवार, फाल्गुन ११,२०८१ 02:41:36
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:41:36
IME remit
Global IME Bank Limited

एप्पल पहिलोपटक उक्लियो चिनीयाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा, हुवावेले पनि गर्‍यो पुनरागमन

Hyundai Nepal
एप्पल पहिलोपटक उक्लियो चिनीयाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा, हुवावेले पनि गर्‍यो पुनरागमन
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता अमेरिकी कम्पनी एप्पल चीनमा पहिलोपटक सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता बनेको छ । बिहिबार सार्वजनिक भएको सन् २०२३ को तथ्यांकका अनुसार एप्पल ढुवानीका आधारमा चिनीयाँ बजारमा सबैभन्दा ठूलो बिक्रेता बन्न सफल भएको हो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘इन्टरनेसनल डेटा कर्पोरेशन(आईडीसी)’का अनुसार सन् २०२३ मा चीनमा आईफोनको बजार हिस्सा १७.३ प्रतिशत थियो ।  

यद्यपी एप्पलको समग्र स्मार्टफोनको ढुवानी भने २.२ प्रतिशतले घटेको आईडीसीले जनाएको छ ।

यस्तै, कम्पनीको समग्र बजारपनि ५ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । ढुवानी भनेको एप्पलले तेस्रो पक्ष बिक्रेतालाई पठाउने उपकरणहरु हो । र यसले कम्पनीको प्रत्यक्ष बिक्रीसँग सम्बन्ध राख्दैन । यद्यपी यसलाई मागको संकेतका रुपमा लिइन्छ ।  

तेस्रो पक्ष च्यानलमा समयमै मूल्य प्रवद्धन गरेकाले माग वृद्धि हुन गई कम्पनीले चीनको बजारमा यो सफलता हासिल गरेको आईडीसी चीनमा वरिष्ठ अनुसन्धान विश्लेषकका रुपमा कार्यरत आर्थुर गुओले बताए ।  

चौथो त्रैमासमा चीनमा धेरैजसो अनलाइन प्लेटफर्महरुले आइफोन १५ मा छुटको व्यवस्था गरेका थिए । यसलाई निरन्तरता दिन एप्पलले आफ्नो वेवसाइटमा पनि चीनमा आईफोन १५ मा छुटको दुलर्भ व्यवस्था गरेको छ ।  

अनिश्चित आर्थिक वातावरण र ग्राहकहरुको कमजोर खर्च गर्ने क्षमताका कारण चीनको स्मार्टफोन बजार नराम्ररी प्रभावित बनेको छ ।  

सन् २०२३ मा चीनको स्मार्टफोन बजारमा हुवावेले दोस्रो स्थान ओगटेको छ । गत वर्ष चीनको बजारमा कम्पनीको बजार हिस्सा १६.८ प्रतिशत कायम भएको छ । जुन एप्पलको भन्दा केहि कम हो ।  

यससँगै कम्पनीले चिनीयाँ बजारमा शीर्ष ५ भित्र पुनरागमन गरेको छ । कम्पनी २ वर्षभन्दा बढी अवधिका लागि शीर्ष ५ को सूचीबाट बाहिरिएको थियो  ।  

हुवावे कुनैबेला चीन र विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक थियो । तर अमेरिकाको प्रतिबन्ध पश्चात भने कम्पनीको ओरालो यात्रा सुरु भएको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.