शनिबार, फाल्गुन १०,२०८१ 09:48:52
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:48:52
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोः आयकरको विषयमा मन्त्री र कर्मचारीबीच चर्काचर्की परेको चर्चा, अन्यौलमा लगानीकर्ता

Hyundai Nepal
ग्राउण्ड जिरोः आयकरको विषयमा मन्त्री र कर्मचारीबीच चर्काचर्की परेको चर्चा, अन्यौलमा लगानीकर्ता
Nabil Bank Limited

काठमाण्डौ । सधैको साता जस्तै यो साता पनि नियमित स्तम्भ ‘ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज हामी पुतलीसडक र अनामनगरका केही ब्रोकर हाउस पुगेका छौं । आज सर्वप्रथम हामी पुतलीसड्कस्थित श्वेता सेक्युरिटिज् (स्टक ब्रोकर नम्बर २५) मा पुग्यौं ।  

आज राजधानीमा केही क्षण वर्षा भएकाले ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति पातलो थियो । बिहान पहिलो प्रहरमा केही बढेको बजार बिस्तारै घट्दै थियो । लगानीकर्ता फाट्टफुट्ट ब्रोकर हाउस छिरिरहेका थिए । यत्तिकैमा पानीमा भिज्दै आएका एक लगानीकर्ता ब्रोकर हाउसमा छिरे । केहि समयपछि ती लगानीकर्ताले घटेको बजारप्रति इंगित गर्दै भने, ‘लौ बजार त घट्न पो थाल्यो । दुई–चार दिन बढेको थियो, आजबाट फेरी घट्न थालेछ ।’

‘यो एक दूइ दिनको करेक्सन हो । बजेटमा केही सकारात्मक विषय आयो भने त बजार मौद्रिक नीतिसम्मै बढ्छ । गभर्नरको यो मौद्रिक नीति अन्तिम हो । अदालतमा पनि क्यापको विषयमा मुद्दा चलेको छ ।’ उनलाई सान्तवना दिदैं अर्का लगानीकर्ताले भने । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले सेयर बजारबाटै जीविकोपार्जन गरिरहेको भनेको सुनियो । बाग्लुङ घर बताउने  पेशाले पूर्व शिक्षक ती लगानीकर्ताले भने,‘शिक्षक पेशा गाह्रो पेशा रहेछ । ब्रोकर नम्बर ३५ मा भेटिएको साथीले मलाई सेयर कारोबार गर्ने तरिका सिकाएको छ । अहिले म धेरै ब्रोकरहरुमा डुल्छु । यसैपाली जाल्पा सामुदायिकबाट ४ लाख जति कमाए ।’ उनले थोरै पूँजी हुनेले धेरै कम्पनीको सेयर राख्न नहुने आफ्नो व्यक्तिगत अनुभव सुनाए । ‘एउटै कम्पनी राम्रोसँग अध्ययन गर्ने, त्यही कम्पनी भोल्युममा किन्ने । एउटै कम्पनी १० हजार कित्ता उठाए पछि एक पल्ट बजार बढ्दा ५० रुपैयाँ मात्रै बढ्यो भने पनि सबै कटाएर ४ लाख त फाइदा हुन्छ । म त अहिले यसै गर्छु । यसरी नै सेयर बजारबाट जागिर छोडेर ज्यान पालिरहेको छु ।’ उनले हल्का मुस्कानसहित भने ।  

मध्यान्नको १२ बज्दै थियो । बाहिर झमझम पानी परिरहेको थियो । बजार पनि एकोहोरो खसिरहेको थियो ।  

केही समयको बसाई पछि हामी नजिकै रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति निकै पातलो थियो । यस ब्रोकरमा  भेटिएक एक लगानीकर्ताले बजार आय करको विषयमा आएका केही समाचारका कारण घट्न पुगेको बताए । ‘अघिल्लो वर्ष मन्त्रीले लेखेर दिएको विषय फेरी ब्युताइँदै छ भन्ने सुनिन्छ । के यो कुरा साँचो हो ? यो विषयले खेलाडीलाई बजार घटाउने राम्रै हतियार बनेको छ ।’ उनले भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले गोर्खाज फाइनान्समा फसेको बताए । सेयरमूल्ढ बढ्छ भनेर किनियो । किनेदेखि घटेको घट्यै छ । नराम्ररी फसियो नि ।’ निराश हुँदै उनले भने । यहाँबाट हामी नजिकै रहेको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ भेटिएका एक लगानीकर्ताले पनि राजनीतिक अन्यौलता र आयकरको विषयले बजार खसेको प्रतिक्रिया दिए ।  

केही समयको बसाइ पछि हामी प्रायःलगानीकर्ताको भिडभाड भईरहने प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा पुग्यौं । यस ब्रोकरमा छिर्दै गर्दा ढोकामा नै एक लामो कपाल पालेका लगानीकर्ता टुप्लुक्क भेटिए । ती लगानीकर्ताले पनि आँउदै गरेको बजेटमा आयकरको दरमा हुन सक्ने हल्लाकै  कारण बजार घटेको बताए ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनले भने,‘बजारमा व्यक्तिगत लगानीकर्तालाई पनि करको दर हेरफेर हुने हल्ला छ । एक–दुई दिन हेरौं । यथार्थ समचार आए पछि किनौंला । अहिले नै धेरै जोखिम किन लिने ?’ बजार एकहोरो घटिरहेको थियो । आगामी बजेटमा आयकरको विषयले बजार तातेको थियो  ।  

त्यहाँबाट हामी आर्यतारा सेक्युरिटिज् (स्टक ब्रोकर नम्बर ५७) मा पुग्यौं । यहाँ पनि केही लगानीकर्ता र ब्रोकर सञ्चालकहरु आयकरकै विषयमा चर्चा गरिरहेका थिए । यस ब्रोकरमा भेटिएका आफूलाई हाइड्रो कम्पनीको सञ्चाक र राजनीतिक नेतासँग राम्रो चिनजान भएको बताउने एक लगानीकर्ताले भने,‘अहिले मन्त्रीले करका कुनै पनि दर चलाउने सम्भावना नै छैन । हामीले त प्रधान्मन्त्रीलाई नै भेटेर भनेका छौं ।’

उनको भनाई भुईमा खस्न नपाउँदै ब्रोकर सञ्चालकले भने,‘ तपाइले भनेको ठीकै हो । तर मैले पनि आफ्नो च्यानलबाट बुझ्दा मन्त्री करका दर हेर फेर गर्न त चाँहदैनन् । तर कर्मचारीहरुले मन्त्रीलाई कन्भिन्स गर्ने प्रयास गर्दै छन् भन्ने सुन्नमा आएको छ । यस विषयमा त मन्त्री र कर्मचारीहरुबीच एक घण्टा चर्काचर्की नै भयो भन्छन् ।  कर्मचारीहरुले ४० लाख बढी कमाएमा ३९ प्रतिशत कर तिर्नु पर्ने तर घरजग्गा, अटो व्यवसायी र सेयर कारोबारीलाई ७ प्रतिशत मात्रै कर थोरै भएको भन्दै मन्त्रीलाई नै कन्भिन्स् गर्दै छन् भन्ने सुनिन्छ । तर यस बिषयमा फाइनल नै यही भयो भन्ने दाबी गर्न सकिदैन ।’

यसै ब्रोकरमा  भेटिएका एक लगानीकर्ताले कर्मचारीहरुले व्यवसायीहरुसँग बार्गेनिङ गर्न आयकरको स्ल्याब ल्याउन खोजेको हुन सक्ने आरोप पनि लगाए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.