काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति कम्पनी संघ संस्था वा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।