काठमाण्डौ । अफरोड सवारीका लागि परिचित अटो निर्माता कम्पनी जिपले उत्तर अमेरिकी बजारका लागि आफ्नो पहिलो ईभी एसयुभी लञ्च सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघि युरोपेली बजारमा सानो आकारको एभेन्जर ईभी बिक्री गर्दै आईरहेको छ । तर गत बुधबार लञ्च गरिएको वाग्नोनिर एस भने अन्य बजारमा बिक्री हुुनुपूर्व अमेरिका र क्यानडामा बिक्री सुरु गरिने भएको छ । यससँगै वाग्नोनिर एस जीपको पहिलो ‘ग्लोबल ईभी’कार बन्नेछ ।
वाग्नोनिर एसले ग्राहकहरुको पूर्णतः ईभी मोडलको चाहनालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ ।
नयाँ वाग्नोनिर एसको डिजाइन र आकार वर्तमानको जीप वाग्नोनिर मोडलेका तुलनामा बढी साइनी र एरोडाइनामिक हुनेछ । यसले दुईवटा इलेक्ट्रिक मोटरबाट ६ सय हर्सपावर जेनेरेट गर्नेछ । साथै यसले ३.४ सेकेण्डमा ६० माइल प्रतिघण्टाको गति लिन सक्छ । एकपटक फुल चार्ज भएपछि वाग्नोनिर एस ३०० माइलसम्म कुदाउन सकिने कम्पनीले जनाएको छ ।
यसको बिक्री यसै वर्षदेखि सुरु हुने र यसको सुरुवाती मूल्य ७२ हजार अमेरिकी डलरबाट सुरु हुनेछ । -एजेन्सी