शनिबार, फाल्गुन १०,२०८१ 09:29:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:29:10
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘करोडको लगानी आधा भयो, अघिल्लो बुलले सिकाएको पाठबाट अब कमाउने हो’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्,‘करोडको लगानी आधा भयो, अघिल्लो बुलले सिकाएको पाठबाट अब कमाउने हो’
Nabil Bank Limited

काठमाण्डौ । आज हामी नियमित स्तम्भ ग्राउण्ड जिरोको सिलसिलामा राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । लगानीकर्ताहरुको विचार सुन्ने क्रममा आज हामी बिहान ११ बज्दा नबज्दै कमलादीस्थित मल्ल एण्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ११) पुगेका  थियौं ।  

यहाँ लगानीकर्ताहरु ठूलै संख्यामा उपस्थित थिए । विहानको सुरुवाती सत्रमा बजार राम्रै अंकले बढिरहेको थियो । बढेको बजार हेरेर लगानीकर्ता दंग देखिन्थे ।  यसैबीच अग्रपंक्तिमा रहेका एक लगानीकर्ताले भनेको सुनियो, ‘२०५० मा बलियो सपोर्ट छ भन्छन्, बजार त अब घट्दैन जस्तो छ ।’ सँगैका लगानीकर्ताले भने,‘ मलाई त नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा साथीले हजार पुग्छ भनेर फसायो । बजार बढे त राम्रै हुने थियो । अझै बढ्छ भनेर एक सय रुपैयाँ फाइदा हुँदा पनि बेचिएन अहिले घाटामा छ ।’

लगानीकर्ताहरुले आ–आफ्नो स्क्रिप्टका बारेमा भलाकुसारी गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अबको बुलमा एचडीएल जस्तै बढ्ने कम्पनी कुन हो ? भनेर प्रश्न गरे । ‘हाथवेको बढ्न सक्छ ’ अर्का लगानीकर्ताले जवाफ दिए,‘ यो कम्पनीले पनि सेयरमा लगानी गरेको छ । बजार बुल भए त हाथवेले लिड गर्न सक्छ ।’

भित्तामा झुण्डिएको घडीमा दिनको १२ बजेको थियो । बजारमा पनि विस्तारै बिक्री दबाव पर्न थालेको थियो । केही समयको बसाई पछि हामी नक्सालस्थित नासा सेक्युरिटज् (स्टक ब्रोकर नम्बर ५८) पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु राम्रै संख्यामा भेला भएका थिए । बजार एक दुई अंकले तलमाथि गर्दै थियो । एक लगानीकर्ताले प्राविधिक रुपमा विश्लेषण गर्दै गत साता वेभ ४ मा करेक्सन आएको र अब वेभ ५ बाँकी रेहेकोले बजार यहाँबाट तल नजाने तर्क गरे ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

केही समय पछि हामी चारखालस्थित क्यापिटल म्याक्स सेक्युटिज (स्टक ब्रोकर नम्बर ६२)मा पुग्यौं । यहाँ भेटिएका लगानीकर्ताहरुले पनि बजार अब धेरै तल नजाने तर्क गर्दै थिए । ‘साह्रै खराब अवस्थामा मात्रै बजार २०५० बाट तल जाला होइन भने बजार अब तल जाँदैन ।’ कालो झोला भिरेका एक लगानीकर्ताले दाबी गरे । उनले आफूले बजेटपछि बजार राम्रै अंकले बढ्ने आशा गरेकाले ब्रोकरमा उधारोमा सेयर किन्दा मर्कामा परेको समेत गुनासो गरे ।  

उनले घट्दो बजारमा उधारो कारोबार घातक हुने र यसले घरबार बिग्रने समेत तर्क गरे । ब्रोकरहाउसमा यस्तै गल्फति चल्दै थिए । बजार सामन्य अंकले तल माथि गर्दै थियो । केही समयको बसाई पछि हामी ज्ञानेश्वरमा रहेको सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) तर्फ लम्कियौं ।  

यस बेलासम्म दिनको २ बजिसकेको  थियो । यहाँ पनि लगानीकर्तामा उत्साहित नै देखिन्थे । लगानीकर्ता आफ्नै तरिकाले बजारको अवस्थामा नियाल्नमा तल्लिन थिए । ‘मैले रेष्टुरेण्ट व्यापारमा कमाएर ल्याएको १ करोड घटेर सेयर बजारमा ४० लाख रुपैयाँमा सीमित बनेको छ । ६० लाख स्वाहा भयो, म अब के गरौं,’ ग्लानीपूर्ण स्वरमा एक लगानीकर्ताले भनेको सुनियो । उनी सँगै बसेका लगानीकर्ताले भने,‘ नछिर्नु बजारमा छिरी हाल्नुभयो, अब २ करोड बनाएर लैजानुहोस । मैले पनि राम्रै पाठ सिकेर अहिले कमाएको पैसाबाट थप लगानी गरेको छु । गएको बुलमा पाठ सिकियो । अब  आउने बुलमा कुस्त कमाउने हो ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.