सोमबार, श्रावण ४,२०८३ 10:08:29
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 10:08:29
Bizshala
Global IME Bank Limited

नेपाल लाइफ क्यापिटलले असार ११ गतेदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने

नेपाल लाइफ क्यापिटलले असार ११ गतेदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने
New Office

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुलाई आगामी असार ११ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।

कम्पनीले चुक्तापूँजीको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले चुक्तापूँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको ५० प्रतिशतले हुन  आउने १०० रुपैयाँ अंकित दरका १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद साधारण सेयरको रुपमा जारी गर्नेछ ।  

संस्थापक सेयरधनीका लागि दरखास्त आवेदन पाउने र बुझाउने स्थान नेपाल लाइफ क्यापिटलको कारोबार कार्यालय रहेको छ ।  संस्थापक सेयरधनीले हकप्रद सेयर् खरिदवापतको रकम ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्समा बुझाउनु पर्नेछ ।  

यो हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद सेयर खरिदका लागि जेठ २५ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताबमा कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.