शनिबार, असार १४,२०८२ 07:03:52
  • शनिबार, असार १४,२०८२ 07:03:52
Global IME Bank Limited

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

Hyundai Nepal
नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल आज ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका हुन् ।

प्रधानमन्त्रीलाई विदाई गर्न उपप्रधानमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री दाहालसँग उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत प्रस्थान गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ दलको गठबन्धन एनडीएले बहुमतल्याएपछि नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न लागेका हुन् ।  

आज साझ हुन लागेको मोदीको प्रधानमन्त्रीको शपथग्रहण समारोहमा छिमेकी राष्ट्रसहित अन्य देशको प्रमुख तथा विशिष्ठ व्यक्तिहरु सहभागी हुँदैछन् ।  

मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । शपथग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.