मंगलवार, माघ ८,२०८१ 04:16:19
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:16:19
IME remit
Global IME Bank Limited

ब्रोकर हाउसहरुमा हराउन थाल्यो चार्म, सरकारको उपेक्षाले डुबेको भन्दै गुनासो गर्ने बढ्दै

Hyundai Nepal
ब्रोकर हाउसहरुमा हराउन थाल्यो चार्म, सरकारको उपेक्षाले डुबेको भन्दै गुनासो गर्ने बढ्दै
Nabil Bank Limited

काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको क्रममा आज हामी नयाँ बानेश्वर र अनामनगर क्षेत्रका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज पनि बजार दिनभर जसो सामान्य अंकले मात्रै तलमाथि गरे पनि बजारमा खासै उत्साह देखिएन ।  

आज हामी सबैभन्दा पहिले नागरिक स्टक डिलर कम्पनी (स्टक ब्रोकर नम्बर ६०) मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । केहि लगानीकर्ता भने बढ्दो गर्मीका कारण झोक्राईरहेका थिए । आज बिहान प्रि–ओपन सेशनमा बजार १५ अंकले बढेको थियो । लगानीकर्ताको आउने क्रम जारी नै थियो । यतिकैमा एक लगानीकर्ता ब्रोकर हाउस छिरे । ‘कस्तो रह्यो तपाईहरुको शुक्रबार र शनिबार ?’ भित्र छिरेपछि उनले अभिवादनसँगै प्रश्न तेर्स्याए । ‘ यो दुई दिनपनि साह्रै लामो भयो । २ दिन बजार हेर्न नपाउँदा त साह्रै गाह्रो हुँदो रहेछ,’ एक महिला लगानीकर्ताले जवाफ दिइन् ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले एक्लै लगानीको रणनीति बनाउन कठिनाई भएकाले इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर सामूहिक लगानी गर्ने सोचमा रहेको बताए । ‘कापीका पानामा कम्पनीहरुको लिष्ट राखेर हैरान भईयो । हामी पनि अब समूह बनाएर लगानी गर्दा कसो होला ? एउटा कम्पनी स्थापना गर्नुपर्यो,’ उनले भने । उनको प्रश्नको जवाफ दिदै एक लगानीकर्ताले भने,‘हामी त लो क्यापको सिक्लेस हाइड्रो तिर लागेका छौं । तपाईहरु पनि आउने भए आउनुस् है ।’

‘यो कम्पनी अलि महँगो भएन र ? अहिले ६ सयमा किनेर प्लेजमा राख्ने हो । आठ सय माथि पुगेसी बेच्ने हो । २ सय नाफा आए भैगो नि,’ छेउमा एक लगानीकर्ताले भने । बजारसँग सम्बन्धित भलाकुसारी चल्दै थिए । प्रि – ओपनमा बढेको बजार विस्तारै घट्दै थियो ।  

केही समयको बसाई पछि हामी शंखमूलस्थित कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति ठीकै थियो । ब्रोकर हाउसमा केही लगानीकर्ता आफ्नै कम्प्यूटरमा कारोबार हेर्न मस्त देखिन्थे । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अहिलेको समयमा माइक्रो फाइनन्समा लगानी गर्न उपयुक्त रहेको तर्क गरे । भित्तामा भुण्डिरहेको घडीमा साढे १२ बजी सकेको थियो । बजार झिनो अंकले मात्रै तलमाथि गर्दै थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यहाँबाट हामी अनामनगरमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५)तर्फ लम्क्यौं । बाहिरको तापक्रम बढिरहेको थियो । तर ब्रोकर हाउसभित्र भने शितलता थियो ।  केही लगानीकर्ता उखरमाउलो गर्मी सहन नसकेर निन्द्रामा झुलेका थिए भने केही गफमा मस्त थिए । एक लगानीकर्ताले बोलेको सुनियो,‘सिटी होट्ल्सले सर्किट हान्न थाल्यो ।’ अर्का लगानीकर्ताले भने,‘खेलाडीको खेल हो । हाथवे पनि हेर्नुस्। अब बजारमा चल्ने भनेका यस्तै कम्पनी हुन् । तपाई हामी बैंक किनेर ब्रोकरमा झुलेर बस्ने हो । कमाउनेले यस्तै कम्पनीमा कमाएर लगि सके ।’  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले आरबीसीएलले यसपटक पनि एजीएम नगरेको गुनासो गरे । उनले भने, ‘आरबीसीएलको सीइओले महिनाको ४ लाख तलब खाएका छन् । तर एउटा एजीएम समेत गर्न सकेका छैनन् । अब एक दिन हामी सबै साथीहरु मिलेर जानु पर्यो ।’

उनको बोलीमा समर्थन जनाउँदै एक लगानीकर्ताले भने, ‘अहिले नयाँ सीईओ आएका छन् । यो दशै भित्र एजीएम गर्ने भन्ने सुनिन्छ । खास कुरो के रहेछ एकपटक बुझ्न जानै पर्छ कि कसो ? सरकारी निकाय आरबीसीएल , धितोपत्र बोड र नेप्से जस्ता ठाँउ त जागिर मात्रै खाने ठाँउ भए ।  

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । यसपछि हामी अनामनगरमै रहेको भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६१) मा पुग्यौ । यहाँ पनि केही लगानीकर्तामा खासे उत्साह थिएन । यहाँ भेटिएका केही भने लगानीकर्ता सेयर बजारमा चुर्लुम्ममै डुबेको गुनासो गर्दै थिए । रातो क्याप लगाएका एक लगानीकर्ताले मोबाइल देखाउँदै आफू युनाइटेड मोदि हाइड्रोमा डुबेको गुनासो गरे । उनलाई सान्त्वना दिदैं एक लगानीकर्ताले भने,‘ म पनि सर्बोत्तम सिमन्टमा राम्रैसँग डुबेको छ । अलि माथि महंगोमा परिएछ । एकपटक लगानी फिर्ता आउँला भन्ने आश छ ।’  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.