आईतवार, भाद्र २३,२०८१ 06:07:28
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:07:28
IME remit
Global IME Bank Limited

यी दुई कम्पनीको साधारण सभा आज, कुन–कुन अजेण्डा हुँदै छन् पारित

Hyundai Nepal
यी दुई कम्पनीको साधारण सभा आज, कुन–कुन अजेण्डा हुँदै छन् पारित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा  कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको साधारण सभा आयोजना हुन लागेको हो ।  

आईएमई लाइफ इन्स्योरेन्स

आईएमई लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा आज ११ बजे काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा आयोजना हुँदैछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

बोनस शेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिकों बैंठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदनका गरिनेछ ।  

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। उक्त सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले गत जेठ १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

हिमाल दोलखा हाईड्रोपावर  

हिमाल दोलखा हाईड्रोपावरको १५ औं र १६ औं वार्षिक साधारण सभा आज काठमाण्डौको कोटेश्वरमा रहेको केएम ब्याङक्वेटमा आयोजना हुँदैछ । यसअघि चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो ।  

सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

उक्त सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X