आईतवार, आश्विन १८,२०८३ 01:47:34
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 01:47:34
Bizshala
Global IME Bank Limited

कोलम्बियाद्वारा इजरायलमा कोइला निर्यात गर्न रोक

Bizshala
कोलम्बियाद्वारा इजरायलमा कोइला निर्यात गर्न रोक
New Office

काठमाण्डौ । कोलम्बियाले इजरायलयलाई कोईला नियार्तमा रोक लगाएको छ । शनिबार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले इजरायलमा गर्दै आएको कोइला निर्यातमा रोक लगाइएको बताएका हुन् ।  

कोलम्बिया इजरायललाई कोइला आपूर्ति गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । इजरायलले गाजामाथि गरेको आक्रमणका कारण कोलम्बियाले कोइला निर्यातमा रोक लगाएको र यो निर्णय ५ दिनपछि कार्यान्वयनमा आउने जनाइएको छ ।  

इजरायलले हात हतियार र अन्य सैनिक सामाग्री बनाउनका लागि उर्जाको स्रोतको रुपमा कोइलालाई प्रयोग गर्दै आईरहेको छ । इजरायल आफ्नो कुल विद्युत उत्पादनको २० प्रतिशत कोइलामा निर्भर रहँदै आईरहेको छ ।    

वामपन्थी धारका पेट्रोले गत मे महिनामा इजरायलसँगेको कुटनैतिक सम्बन्ध तोड्दै प्रधानमन्त्री बेन्जामिन नेतान्हुको चर्को आलोचना गरेका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शनिबार राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै गाजामा इजरायलले नरसंहार बन्द नगरेसम्मका लागि कोइला आपूर्ति बन्द गरिने लेखेका छन् । उनले यो आक्रमणमा प्यालेस्टीनीहरुले ज्यान गुमाईरहेको बताएका छन् ।  

इजरायलले भने यो आरोपको खण्डन गरेको छ ।  

सरकारले इजरायलमाथि कोइला नियार्तमा रोक लगाउने निर्णयको त्यहाँका निजी खानी संगठनहरुले भने विरोध गरेका छन् । उनीहरुले सरकारको यस्तो निर्णयले अन्तराष्ट्रिय सम्झौताको उल्लंघन हुने र बजारको आत्मविश्वास र वैदेशिक लगानी जोखिममा पर्ने चेतावनी दिएका छन् ।  

कोलम्बिया विश्वको ५ औं ठूलो कोइला उत्पादक देश हो । कोलम्बियाले गत वर्ष ५६.७  मिलयन मेट्रिक टन कोइला विदेश निर्यात गरेको थियो । जसमध्ये ३ मिलियन टन इजरायलमा निर्यात भएको थियो । जुन कुल निर्यातको ५.४ प्रतिशत हुन आउँछ ।  -एजेन्सी

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.