बिहीबार, माघ २४,२०८१ 12:35:01
IME remit
  • बिहीबार, माघ २४,२०८१ 12:35:01
IME remit
Global IME Bank Limited

रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन आवश्यक: प्रधानमन्त्री

Hyundai Nepal
रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन आवश्यक: प्रधानमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । दाहालले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको र त्यस्ता उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन आवश्यक रहेको बताए ।  

‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जन अभिमत छ । ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन–कुन उद्योग पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौं,’ प्रधानमनत्री दाहालले भने ।    

Bizshala
CG Motors
Sagarmatha Cement

उक्त अवसरमा प्रधानमन्त्रीले विगतको जस्तै गरी उद्योगहरुको पुनःसञ्चालन हुन नसक्ने बताउँदै सार्वजनिक निजी साझेदारीको मोडेलमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायत उद्योगको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहनेगरी साझेदारीको मोडेल तयार गरौं,’ उनले भने ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.