बुधबार, असार १०,२०८३ 02:48:17
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:48:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन आवश्यक: प्रधानमन्त्री

Laxmi Sunrise Bank Limited
रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन आवश्यक: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । दाहालले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको र त्यस्ता उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन आवश्यक रहेको बताए ।  

‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जन अभिमत छ । ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन–कुन उद्योग पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौं,’ प्रधानमनत्री दाहालले भने ।    

New Office
CG Motors
Garima Development Bank

उक्त अवसरमा प्रधानमन्त्रीले विगतको जस्तै गरी उद्योगहरुको पुनःसञ्चालन हुन नसक्ने बताउँदै सार्वजनिक निजी साझेदारीको मोडेलमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायत उद्योगको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहनेगरी साझेदारीको मोडेल तयार गरौं,’ उनले भने ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.