मंगलवार, असार १७,२०८२ 06:44:54
  • मंगलवार, असार १७,२०८२ 06:44:54
Global IME Bank Limited

कोका–कोला नेपालको ५० औँ वार्षिकोत्सव सम्पन्न

Hyundai Nepal
कोका–कोला नेपालको ५० औँ वार्षिकोत्सव सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको ५० औँ वार्षिकोत्सव मनाएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायमा चर्चित बन्न पुगेको कम्पीले जनाएको छ । काठमाण्डौ र चितवन गरी कोका–कोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन् । देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले १ हजार भन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेकोे र ५,००० भन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएको कम्पनीले जनाएको छ ।  

उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन एन सिंहले भने,“लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमाविकास नभएकाले ५० वर्षअघि नेपालमापहिलो अमेरिकी कम्पनी भित्राउनु नै एक चुनौती थियो । हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ । कोका–कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो ।’

उक्त अवसरमा कोका–कोला नेपाल र भुटानकी हेड चन्द्रिकाकालिया र कोका–कोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर दीपकनाथ सेन्थि लगायतले आ–आफ्नो धारण राखेका थिए ।  

कोका–कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्लुडब्लूएफ, माइती नेपाल, डब्लुएचआर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयर लगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । विगत ३ वर्षदेखि कोका–कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको छ ।

नेपालमा कोका–कोलाकम्पनीको कोका–कोलालगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जड् जस्ता पेय पदार्थहरु उपलब्ध रहेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.