शनिबार, असार १४,२०८२ 07:33:48
  • शनिबार, असार १४,२०८२ 07:33:48
Global IME Bank Limited

बीमा कम्पनीमा १%भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुनुपर्ने

Hyundai Nepal
बीमा कम्पनीमा १%भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुनुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक सेयरधनी तथा सञ्चालक समितिका पदाधिकारीलाई संस्थागत क्षमता अभिबृद्धि कार्यक्रममा सहभागी गराउनुपर्ने भएको छ ।  

नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशक, २०८१ जारी गर्दै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।  

प्राधिकरणका अनुसार सञ्चालक समितिका पदाधिकारीसँगै एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व भएका उच्च व्यवस्थापन र कर्मचारीहरुले समेत यस्तो कार्यक्रममा सहभागी हुनुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बीमा कम्पनीहरुले सेयरधनी, पदाधिकारी र उच्च व्यवस्थापनलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अभिमुखीकरण गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।  

यसका साथै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादाी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कार्यमा प्रत्यक्ष तथा नियमित रुपमा कार्यान्वयन अधिकारी र अन्य कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी स्वदेशी तथा विदेशी तालिममा सहभागी गराउनुपर्नेछ ।  

त्यस्तै, बीमा अभिकर्ता र सर्भेयरको क्षमता अभिबृद्धिका लागि नियमित रुपले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धनी तालिममा सहभागी गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.