काठमाण्डौ । सेयर बजार आज दिनभर सामान्य अवस्थामा रह्यो । आज झिनो अंकले बढेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । अघिल्लो दिन ४ अर्बमाथिको कारोबार भएको बजारमा आज भने ३ अर्ब ४० करोडको मात्रै कारोबार भएको छ ।
प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्यान्डमार्फत हेर्दा तल्लो ब्यान्ड नजिक डोजी स्टार प्रकृतिको क्याण्डल बनेको छ । सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ । यस्तो अवस्थामा रातो लामो मैनबत्तीका साथ डोजी देखा पर्छ । यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत गर्छ ।
त्यसविपरीत यदि बजारमा हरियो मैनबत्तीका साथ डोजी देखा परेमा भने त्यसले घट्दो बजारलाई संकेत गर्छ । आजको बजारमा रातो मैनबत्ती पछि डोजी आकार बनेको छ । यसले बजारमा बिस्तारै आपूर्ति हराएर माग बढ्दै गरेको बुझिन्छ ।
आज बनेको डोजी क्याण्डल भ्यालिड नै हुने हो भने बजारमा आगामी करोबारमा बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ । बजारलाई म्याक्डी तथा आरएसआई, मनी फ्लो इन्डेक्सबाट हेर्दा भने अहिले बजार सामान्य अबस्थामा देखिन्छ ।
नोटः सेयर बजार लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबरका लागि सिफारिस भने होइन ।