बुधबार, आश्विन २८,२०८३ 06:56:59
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:56:59
Bizshala
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Bizshala
एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
New Office

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ  वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले आगामी असार २९ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।  

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रयोजनका लागि १७ औं वार्षिक साधारण सभाले दिएको अख्तियारीलाई निरन्तर्ता दिदै सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंंकले आगामी असार १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X