आईतवार, फाल्गुन ११,२०८१ 03:08:41
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:08:41
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करारको बीमाङ्क रकम रु.१ करोडसम्म कायम गर्न सक्ने

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करारको बीमाङ्क रकम रु.१ करोडसम्म कायम गर्न सक्ने
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करार तयार गर्दा कम्तीमा १० वटा रोगहरु अनिवार्य रुपमा समावेश गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन, २०८१ जारी गर्दै १० वटा घातक रोग अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।  

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले विशेष प्रकारको क्यान्सर रोग, किड्नी फेल, मुटु सम्बन्धी रोग, हृदयघात, मुख्य अंग प्रत्यारोपण, नाक÷कान÷घाटी सम्बन्धी रोग, मेजर बर्न, कलेजो सम्बन्धी रोग, बेनिङ ब्रेन एण्ड स्पाइनल ट्युमर र अन्धोपन जस्ता घातक रोगहरु समावेश गर्नुपर्नेछ ।  

त्यस्तै, जीवन बीमा कम्पनीहरुले यस्ता घातक रोग पूरक करारको बीमाङ्क रकम अधिकतम १ करोड रुपैयाँसम्म कायम गर्न सक्नेछन् । जीवन बीमकहरुले प्रत्येक पूरक करारको अधिकतम बीमाङ्क रकम बीमालेखको रकम भन्दा बढी नहुने गरी कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार बीमा शुल्क रकम बीमाङ्कीले तयार गरेको प्राविधिक टिप्पणीमा उल्लेख भएबमोजिम हुनेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

बीमितहरुले यस्ता घातक रोगको दाबी गर्दा विशेषज्ञ चिकित्सकद्वारा घातक रोग हो भनी प्रमाणित गरेको कागजात बीमा कम्पनी समक्ष पेश गरेमा मात्रै दाबी भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।  

यदि विशेषज्ञ चिकित्सक उपलब्ध नभएको अवस्थामा चिकित्सक मार्फत सिफारिस गरिएको कागजात बीमितले पेश गर्नुपर्नेछ । साथै बीमितले पेश गरेको कागजात सम्बन्धमा जीवन बीमकले थप जाँचबुझ गर्नुपने भएमा सम्बन्धीत रोगको विशेषज्ञ चिकित्सकमार्फत बीमा कम्पनीले आफ्नै खर्चमा जाँचबुझ गराउन पनि सकिने प्राधिकरणले जनाएको छ ।  

कागजात पेशपश्चात् घातक रोग प्रमाणि भएमा बीमा कम्पनीले पूरक करार बमोजिमको एकमुष्ठ बीमाङ्क रकम दाबी भुक्तानी गर्नुपर्नेछ । दाबी भुक्तानी सम्बन्धी अन्य प्रक्रिया बीमा प्राधिकरणबाट जारी भएको बीमा दाबी भुक्तानी मार्गदर्शन बमोजिम हुनेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.