आईतवार, असार १४,२०८३ 07:54:17
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:54:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

Laxmi Sunrise Bank Limited
विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असार ३० गते आइतबारका दिन धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिई थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने,सोही सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा संस्थापक समूह‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूह‘ख’ बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार १७ गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.