आईतवार, भाद्र २३,२०८१ 07:36:16
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:36:16
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको बढ्न थाल्यो नयाँ व्यवसाय, नेशनल र एशियन लाइफको सर्वाधिक

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुको बढ्न थाल्यो नयाँ व्यवसाय, नेशनल र एशियन लाइफको सर्वाधिक
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको अन्त्यतिर जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन थालेका छन् । केही महिनाअघिसम्म नविकरणकै भरमा चलेको जीवन बीमा व्यवसायको स्वरुप बलदिन थालेको छ ।  

आर्थिक मन्दीसँगै सुस्ताएको जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा फेरी सुधार देखिन थालेको छ । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  

यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ६.२३ प्रतिशतले बढी हो । गत आवको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।  

केही महिनाअघिको तथ्याङ्कमा जीवन बीमकहरुको प्रथम बीमाशुल्क आर्जन गत आवको तुलनामा उल्लेख्य बढेको थिएन । चालु आवमा देशको अर्थतन्त्रमा शिथिलता देखिएसँगै जीवन बीमकहरुले भनेजस्तो नयाँ व्यवसाय बढाउन सकिरहेका थिएनन् । तर यस वर्षको अन्त्यतिर आइपुग्दा अधिकांश जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा सुधार देखिन थालेको छ ।  

पछिल्लो समय देशको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको छ, कोभिडपछि बन्द भएका उद्योग तथा कलकारखाना र साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा आउन थालेका छन् । रोजगारीको अवसर विस्तारै सिजर्ना हुन थालेको छ । यसर्थ जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय पनि सामान्य भएपनि बढ्न थालेको छ ।  

नेपाल बीमा प्राधिकरणले बीमाको दायरामा जनसंख्या प्रतिशत बढाउन विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा सचेतनामूलक कार्यमहरु समेत गर्दै आइरहेको छ । यसर्थ पनि बीमा प्राधिकरणले लिएको लक्ष्य केही हदसम्म भएपनि पुरा हुन थालेको बुझ्न सकिन्छ ।  

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले गत आवको तुलनामा प्रथम बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीसहित ५ वटा कम्पनीको यस्तो व्यवसाय भने गत आवको तुलनामा खस्किएको छ ।  

सो अवधिसम्म सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सले ६ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशलन लाइफले ४ अर्ब १६ करोड, एलआइसी नेपालले २ अर्ब ६ करोड, हिमालयन लाइफले २ अर्ब ४ करोड, सुर्यज्योति लाइफले २ अर्ब १ करोड, सिटिजन लाइफले १ अर्ब ६० करोड, एशियन लाइफले १ अर्ब ५२ करोड, सानिमा रिलायन्स लाइफलेल १ अर्ब ५२ करोड, सन नेपाल लाइफले १ अर्ब ३२ करोड, आइएमई लाइफले १ अर्ब ३१ करोड, रिलायबल नेपाल लाइफलले १ अर्ब २५ करोड, मेट लाइफले १ अर्ब १५ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ८२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको तुलनामा सर्वाधिक नयाँ व्यवसाय बढाउनेमा नेशनल लाइफ अघि रहेको छ । कम्पनीले गत आवको तुलनामा २९.०५ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बृद्धि गरेको छ । त्यस्तै, एपिशयन लाइफले पनि २१.८८ प्रतिशतले नयाँ व्यवसाय बढाउन सफल भएको छ ।  

यता नेपाल लाइफले पनि २१.७६ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ भने आइएमई लाइफलेल १०.८९ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । यसका साथै हिमालयन लाइफले ४.१३ प्रतिशत, मेट लाइफले ३.३० प्रतिशत, एलआइसी नेपालले २.९७ प्रतिशत, सिटिजन लाइफले १.८५ प्रतिशत र सानिमा रिलायन्स लाइफले ०.५४ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएका छन् ।  

सर्वाधिक नयाँ व्यवसाय खस्किनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले ४३.९८ प्रतिशतले नयाँ व्यवसाय घटेको छ । यसका साथै सन नेपाल लाइफको १६.२३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १५.३७ प्रतिशत, सुर्यज्योति लाइफको १०.४३ प्रतिशत र रिलायबल नेपाल लाइफको १.६० प्रतिशतले घटेको छ ।  

नविकरणमार्फत रु.१ खर्ब प्रिमियम संकलन  

जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ नविकरणमार्फत प्रिमियम संकलन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा ७.५७ प्रतिशत बढी हो ।  

गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ९८ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको नविकरण बीमा शुल्क आर्जन बृद्धि भएको छ । नविकरणमार्फत सर्वाधिक नेपाल लाइफले २९ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  

साथै सर्वाधिक यस्तो व्यवसाय बढाउनेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा २६.१० प्रतिशतले नविकरण बीमा शुल्क आर्जन बढाएको छ ।

 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X