शुक्रबार, कार्तिक २,२०८१ 11:15:20
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:15:20
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा

Hyundai Nepal
ग्राउण्ड जिरोः ससुरालीको दाइजो सेयरमा स्वाहा, ५ सयमा किनेको एचआईडीसीएल डेढ सयमा
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साताजस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी ज्ञानेश्वर र नक्सालका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  

सबैभन्दा पहिले आज हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । बिहान ११ बज्दै गर्दा लगानीकर्ता आउने क्रम जारी थियो । बजार सामान्य अंकले घट्दै थियो । यसै क्रममा एक लगानीकर्ताले युनाइटेड इदि मोदि हाइड्रोको विषय निकाले । ‘अस्ति झुक्किएर प्रतिकित्ता ४२३ मा १ हजार कित्ता बेच्न खोज्दा किनिएछ । मलाई त आज फाइदै भयो ।’ उनले खुशी हुँदै भने । उनीसँगै बसेका लगानीकर्ताले भने,‘त्यो झुक्किएर किनेको सेयरको फाइदा बाड्नु पर्छ है साथी ।’ उनको जबाफ दिँदै पहिलेका लगाकीकर्ताले भने, ‘नाफा बाँड्ने त त्यस्तै हो साथी, एक पिलेट मः मः भने खाउँला । मैले पनि कति नै कमाएको छु र ?’

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने बजार केही दिन यस्तै गरी चल्ने आँकलन गरे । उनले अहिले लगााीकर्ताहरुले मौद्रिक नीति कुर्दा र असारको दबावका कारण बजार बढ्न नसकेको तर्क गरे । यतिकैमा एक लगानीकर्ता क्पाप टोपीमाथी कालो चस्मा ढल्काउदै ब्रोकर हाउस छिरे । ब्रोकर हाउसमा नै बसेकि एक महिला लगानीकर्ताले उनलाई भनिन्, ‘बधाई छ तपाइलाई । बालुवाटामा दौड प्रतियोगिता जितेको मा ।’ उनले सुस्केरा काढ्दै भने, ‘बल्लबल्ल दोस्रो स्थानमा आइयो । मेरो जुत्ताले धोका दिएर नि नत्र त म ५८ बर्षको उमेरमा पनि पहिलो हुने मान्छे हो ।’

Bizshala
Shivam Cement
CG Motors

ब्रोकर हाउसहरुमा यस्तै गल्फती चल्दै थिए । भित्ताको घडिमा १२ बजिसकेको थियो । बजार भने विस्तारै घट्दै थियो ।  

केही समयको बसाई पछि हामी नक्सालस्थित सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो । यो ब्रोकरमा केही लगानीकर्ताहरु बजारको विषयमा पीडा पौख्दै थिए भने कोही बजार हेर्न ब्यस्त थिए । यतिकैमा एक लगानीकर्ताले मोबाइल देखाउँदै सँगैका लगानीकर्तालाई भने,‘हेरन मैले त दाइजोमा पाएको ३० लाख रुपैयाँले ५ सयमा किनेको एचआइडीसीएल अहिले त डेढ सय रुपैयाँ आसपास आएको छ । मलाई त साह्रै पिर परेको छ । ससुराली पनि जान छाँडे । ज्यान पनि १० किलो घटेको छ ।’

सँगै बसेका उनका सहपाठीले सान्त्वना दिदैं भने ,‘हाम्रो पनि अबस्था त्यस्तै छ, अहिले सेयर बजारमा । एक दिन त बढी हाल्छ, कुर्नु सक्नु पर्यो ।’ अर्का लगानीकर्ताले मजाक गर्दै भने, ‘किन पिर गर्नुहुन्छ? आखिर ससुरालीको सम्पत्ति र मामाको श्राद्ध एउटै त हो नि ! ब्रोकरहाउसमा यस्तै छलफल चल्दै थिए । केही लगानीकर्ताले फाइनान्स कम्पनीहरुको चर्चा गरेको पनि सुनिन्थ्यो ।  

केही समयपछि हामी नक्सालस्थित नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ राम्रै संख्यामा लागानीकर्ताहरुको उपस्थिति देखिन्थ्यो । यहाँ बजारमा नाम चलेका केही लगानीकर्ताहरु पनि भेटिए । ‘अहिलेको समय भनेको इन्डेक्स हेरेर भन्दा पनि कम्पनी हेरेर लगानी गर्ने हो । मैले त यसै गरेर राम्रै आम्दानी गरको छु ।’ अगाडिबाट एक लगानीकर्ताले बोलेको सुनियो । छेउका लगानीकर्ता यसरी प्रतिक्रिया जनाए, ‘हामी त डुबेका डुब्यै छौं । ठूलो ब्रोकरबाट कारोबार गर्ने भनेर के गर्नु ?हामी सानाको त पँहुच नहुने रहेछ ।’  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.